सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अण्डा र चल्ला बेच्नै मुस्किल


  •    /१५ जेष्ठ २०७६, बुधबार १४:५० 
  • नारायण अधिकारी/रासस

    देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो ।

    नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला बिक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ वटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले सातामा एक लाख ९० हजार चल्ला उत्पादन गर्छन् भने २५ वटा कोइलर ९रातो ब्वायलर०ले चार लाख चल्ला उत्पादन गर्छन् ।

    अन्य ब्वायलर ह्याचरीले ३४ लाख चल्ला उत्पादन गर्ने पोख्रेलको भनाइ छ । ती चल्लामध्ये ब्वायलरको लागत मूल्य प्रतिगोटा रु ५५ पर्छ । तर बजारमा रु ३० मा बिक्न कठिन छ । रु ९५ पर्ने लेयर्स कुखुराको चल्ला रु ६० मा बिक्न मुस्किल छ भने कोइलरको चल्ला लागत मूल्य हाराहारी रु ३० मा बिक्न कठिन भएको पोख्रेलले बताउनुभयो ।

    उत्पादन बढेसँगै खपत नहुँदा चल्ला बिक्न मुस्किल भएको व्यवसायीहरु बताउँछन् । चल्ला नबिकेपछि कतिपयले खाल्डो खनेर पुर्न बाध्य भएका छन् । कतिपयले अनौपचारिक रुपमा भारतीय व्यवसायीसँग मिलेर भाले लागेको अण्डा र चल्ला निर्यात गरेका छन् । भारतमा भन्दा यहाँ चल्लाको मूल्य सस्तो भएपछि सातामा करिब पाँच लाख चल्ला र एक लाख अण्डा भारत जाने गरेको जनाइएको छ ।

    व्यवसायीहरुले भाले नलागेको अण्डा बजारमा बिक्रीसमेत गर्ने गरेको बुझिएको छ । पोख्रेलका अनुसार २०७२ सालमा भन्दा ७८ प्रतिशत बढी ब्वायलर चल्ला, शत्प्रतिशत लेयर्स चल्ला र दुई सय प्रतिशत कोइलर चल्ला बढी उत्पादन भएको छ ।
    गत सालभन्दा २५ प्रतिशत बढी ब्वायलर, ४० प्रतिशत बढी लेयर्स र दोब्बर कोइलर चल्ला उत्पादन भएको छ । असारसँगै १० लाख बढी लेयर्स चल्ला उत्पादन हुँदैछ । हाल फार्महरुमा ३० लाख ब्वायलर प्यारेन्ट, एक लाख ५० हजार लेयर्स प्यारेन्ट र ५० हजार कोइलर चल्ला रहेका छन् ।

    अण्डाको उत्पादन बढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको छ । अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार सङ्घले तोकेको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

    हाल अण्डाको लागत मूल्य रु १० पर्ने भए पनि बिक्री मूल्य सरदर रु सात मात्र रहेको छ । देशका विभिन्न ठाउँमा कृषकको अण्डा बिग्रिएर गाड्नुपर्ने अवस्था छ । उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले बिक्रीका लागि कुर्दाकुर्दै धेरै अण्डा खेरा फाल्नु परेको कँडेलको भनाइ छ ।

    दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गतवर्ष भन्दा ४० प्रतिशत बढी भएको उहाँको भनाइ छ । देशभर लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या सात हजारभन्दा बढी छ । हाल सङ्घले फार्मबाट ठूलो अण्डा प्रतिक्रेट रु २५० र सानो रु १८० तोकेको भए पनि सो मूल्यमा बिक्री हुन नसकेको सङ्घका केन्द्रीय सचिव मदन पोख्रेल बताउनुहुन्छ ।

    नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट सरकारको नीतिका कारण व्यवसाय सङ्कटमा पुगेको दाबी गर्नु हुन्छ । हालै मात्र देशका विभिन्न ठाउँमा बर्डफ्लु देखापर्दा तत्काल नियन्त्रणमा लिन नसक्दा समस्या उत्पन्न भएको हो । मकवानपुरमा बर्डफ्लु देखिएको एक महीनापछि मात्र सो क्षेत्र नियन्त्रणमा लिने काम भएको भन्दै यसले ठूलो क्षति पु¥याएको विष्टको भनाइ छ ।

    संवेदनशील विषय भएर पनि पोल्ट्रीसँग सम्बन्धित विषयलाई हल्का रुपमा सरकारी निकायहरुले लिँदा दीर्घकालीन प्रभाव देखिएको बिष्ट बताउनुहुन्छ । यस क्षेत्रमा लगानी बढ्दो रहेको भन्दै उहाँले पोल्ट्रीसँग सम्बन्धित सबै क्षेत्रमा गरी रु एक खर्ब २५ अर्ब हाराहारी लगानी पुगेको र त्यसको आधा बैंकिङ लगानी रहेको विष्ट बताउनुहुन्छ । आफ्नो मात्र यस क्षेत्रमा रु छ अर्ब नाघेको भन्दै उहाँले रु चार अर्ब ५० करोड थप्दै गरेको बताउनुभयो ।

    पछिल्लो समय दानाको मूल्य गत वर्षको तुलनामा २५ प्रतिशत बढेसँगै कृषकले चल्ला र दाना उधारो पाउन सकेका छैनन् । रोगका कारण हच्किएका साना किसानले व्यवसाय गर्न नगद लगानी गर्नुपर्ने भएपछि कुखुरा पाल्न छोड्ने क्रमसँगै व्यवसायमा थप सङ्कट देखापरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.