काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्ड भएको १८ वर्ष बिते पनि त्यसको रहश्य अझै गर्भमै छ । नेपालको इतिहासमा ‘कालरात्रि’का रूपमा चर्चित दरबार हत्याकाण्डसँग जोडिएका घटनाको अझै पनि पर्दाफास हुन सकेको छैन ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना हुनुमा पर्दाअगाडि र पछाडि क–कस्को भूमिका थियो ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले नियन्त्रणको प्रयास किन गरेनन् ? लगायतका जिज्ञाशा अझै ज्यूँका त्यूँ छन् । पूर्वप्रधानमन्त्रीहरूले हत्याकाण्डको रहस्यका बारेमा पुनः अनुसन्धान गर्ने घोषणा गर्नु भए पनि अनुसन्धानको फाइल खोल्ने प्रयास कसैबाट हुनसकेको छैन ।
घटना छानबिन गर्न गठित समितिको निचोडप्रति इतिहासकारदेखि सर्वसाधारण नागरिक पनि विश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले यस घटनालाई ‘रहस्यमय’ भन्दै आएका छन् । इतिहासविद् प्रा.डा. विजयकुमार मानन्धर १७० वर्ष बित्दा पनि गगनसिंहका हत्यारा प्रमाणित गर्न नसकिए जस्तै दरबार हत्याकाण्डसँग जोडिएका धेरै पाटा रहस्यकै गर्भमा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “कस्को इन्ट्रेस्टमा कसरी हत्याकाण्ड रचियो भन्नेलगायतका कुरा अझै खुल्न सकेको छैन, प्रतिवेदन आयो तर त्यसलाई अन्तिम मान्न सकिन्न । हतारमा प्रतिवेदन बन्यो । घटनासँग जोडिएका पात्रहरूको बयानको सङ्गालोलाई प्रतिवेदनको रूप दिइयो । अनुसन्धान भएकै थिएन । अब परिस्थिति फरक भइसकेकाले प्रत्यक्षदर्शीहरू खुलस्त हुनसक्छन् । त्यसैले फेरि अनुसन्धान भई उद्घाटित नयाँ तथ्यको इतिहास लेखिनुपर्दछ ।”
घटना भएको स्थल त्रिभुवन सदनलाई २०६१ सालमा भत्काइ पाताल बनाइएको थियो । त्यसलाई पुनः साविककै रूप दिन खोजिएपनि पूर्ण भएको छैन । त्रिभुवन सदनका सामग्री केही सुरक्षित छन् भने कतिपय कहाँ पु¥याइए लेखाजोखा छैन ।
हत्याकाण्डमा प्रयोग भएको भनिएको हतियार नेपाली सेनासँग सुरक्षित छ । दरबार हत्याकाण्डसम्बन्धी पुस्तक लेख्नुभएका इतिहासविद् प्रा.डा. राजकुमार पोखरेलले घटनास्थल नष्ट गर्नुलाई शङ्काको दृष्टिकोणले हेरिनुपर्ने तर्क गर्नुभयो । “राजा वीरेन्द्रको देशभक्तिपूर्ण अडानका कारण यो घटना मुख्यतः बाह्य शक्तिको ‘डिजाइन’मा भएको थियो” उहाँले दाबी गर्नुभयो, “त्यस बखत दीपेन्द्रका पाँचवटा ‘डमी’ बनाइएका थिए । त्यसैले गोली चलाउने व्यक्ति दीपेन्द्र हुनै सक्दैनन् र उनले आत्महत्या गरे भन्ने पनि विश्वास गर्न सकिन्न । यो काण्डको पुनः छानबिन हुनुपर्छ । ”
२०५८ साल जेठ १९ गते राति सवा नौ बजे घटना भएको थियो र मृतक तथा घाइते राजपरिवारका सदस्यलाई छाउनी अस्पतालसम्म लैजान दीपेन्द्रले सोही दिन अपराह्न प्रयोग गरेको टोयोटा ल्यान्डक्रुजरलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको थियो । सोही तिथिका दिन उहाँहरूको सामूहिक श्राद्ध निर्मल निवासमा गरिँदै आएको छ भने सुसारेहरूले पशुपतिनाथमा श्राद्ध गर्ने गरेका छन् ।
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्ड भएको १८ वर्ष बिते पनि त्यसको रहश्य अझै गर्भमै छ । नेपालको इतिहासमा ‘कालरात्रि’का रूपमा चर्चित दरबार हत्याकाण्डसँग जोडिएका घटनाको अझै पनि पर्दाफास हुन सकेको छैन ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्यो घटना हुनुमा पर्दाअगाडि र पछाडि क–कस्को भूमिका थियो ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले नियन्त्रणको प्रयास किन गरेनन् ? लगायतका जिज्ञाशा अझै ज्यूँका त्यूँ छन् । पूर्वप्रधानमन्त्रीहरूले हत्याकाण्डको रहस्यका बारेमा पुनः अनुसन्धान गर्ने घोषणा गर्नु भए पनि अनुसन्धानको फाइल खोल्ने प्रयास कसैबाट हुनसकेको छैन ।
घटना छानबिन गर्न गठित समितिको निचोडप्रति इतिहासकारदेखि सर्वसाधारण नागरिक पनि विश्वस्त हुन सकेका छैनन् । त्यसैले उनीहरूले यस घटनालाई ‘रहस्यमय’ भन्दै आएका छन् । इतिहासविद् प्रा.डा. विजयकुमार मानन्धर १७० वर्ष बित्दा पनि गगनसिंहका हत्यारा प्रमाणित गर्न नसकिए जस्तै दरबार हत्याकाण्डसँग जोडिएका धेरै पाटा रहस्यकै गर्भमा रहेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– “कस्को इन्ट्रेस्टमा कसरी हत्याकाण्ड रचियो भन्नेलगायतका कुरा अझै खुल्न सकेको छैन, प्रतिवेदन आयो तर त्यसलाई अन्तिम मान्न सकिन्न । हतारमा प्रतिवेदन बन्यो । घटनासँग जोडिएका पात्रहरूको बयानको सङ्गालोलाई प्रतिवेदनको रूप दिइयो । अनुसन्धान भएकै थिएन । अब परिस्थिति फरक भइसकेकाले प्रत्यक्षदर्शीहरू खुलस्त हुनसक्छन् । त्यसैले फेरि अनुसन्धान भई उद्घाटित नयाँ तथ्यको इतिहास लेखिनुपर्दछ ।”