सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोजरले भत्काएका मन रङ्गशाला निर्माणमा यसरी जुटे


  •    /१८ जेष्ठ २०७६, शनिबार १३:५१ 
  • चितवन ।
    त्यो जनबल जसले क्रिकेट रङ्गशाला निर्माणका लागि वातावरण तयार गरेको छ । साँसददेखि स्थानीयको त्यो साथ, जसले एउटा आशा र उत्साहको सञ्चार गरेको छ ।

    गएको बुधबार केही उच्छृङ्खल व्यक्तिले भत्काएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार उठाउन शनिबार विहानैदेखि स्थानीयवासी र चितवनवासी शुभेच्छुकहरुले हातमा हात मिलाए । आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिए । स्थानीयले प्ले कार्डसहित ¥याली नै निकालेर दरिलो साथ रहेको प्रतिबद्धता जनाए । उद्योग वाणिज्य संघ चितवनका निवर्तमान बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले त रङ्गशालाका लागि त्यहीँ एक लाख रुपैयाँ सहयोग पनि गरे ।

    भरतपुर महानगरपालिका वडा नम्वर–१५, रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनवासीको मात्र नभई राष्ट्रकै गौरबको परियोजना हो । रङ्गशाला निर्माणका लागि देशभित्र मात्रै नभई विदेशमा रहेका नेपालीहरुको पनि चासो–उत्साह, साथ– सहयोग छ । त्यसैले त विदेशी भूमिमा ज्यान हत्केलामा राखेर खाई नखाई कमाएको रकमबाट परिवार, बालबच्चाको पेट काटेर सहयोग गरेका छन् । त्यही रङ्गशालामा जेठ १५ गते बुधबार केही अराजक व्यक्तिले डोजर आक्रमण गरे । बार ढाले । सारा नेपालीको भावनामा ठूलो चोट पुर्याए ।

    जब डोजर हानेर बार भत्काइयो रङ्गशाला निर्माणका अभियन्ता कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ धर्धरी रोए, शुभचिन्तक सबैको मन रोयो । एकाएक सफा आकाशमा कालो बादल मडारियो ।

    तर अब त्यो कालो बादल फाटेको छ । बारमा डोजर हानेको चौथो दिननै शनिबार विहान गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा एउटा यस्तो माहोल खडा भयो, जुन उत्साहले भरिएको मात्र थिएन भावनात्मक पनि थियो । शान्तिका अग्रदूत गौतमबुद्धको नाममा बन्न लागेको अन्तर्राष्ट्रि क्रिकेट रङ्गशालामा भत्काइएको बार उठाउन स्थानीयले हातमा हात मिलाइरहेका थिए । जिल्लाको प्रबुद्ध वर्ग त्यसमा साथ दिइरहेको थियो । चार दिनअघि बारमा डोजर हानेको देखेर धर्धरी रुँदै गरेका धुर्मुस यो माहोलबाट खुसी देखिन्थे ।

    बार भत्काएपछि रोकिएको रङ्गशाला निर्माणको काम शनिबारदेखि फेरि शुरु भएको छ । त्यस अवसरमा साँसद कृष्णभक्त पोखरेल, प्रदेश साँसदहरु कृष्णप्रसाद भूर्तेल, विजय सुवेदी, घनश्याम दाहाल ‘अविनास’, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’, नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपानेलगायतले रङ्गशाला निर्माणमा आफूहरुको पूर्ण साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे । जिल्लाकै गौरवको परियोजना निर्माणका लागि सक्दो साथ, सहयोगका लागि जिल्लावासीलाई पनि आग्रह गरे ।

    केही उच्छृङ्खल व्यक्तिको भयङ्कर गल्तीबाट चितवनको गौरवको परियोजना निर्माणको काम २÷४ दिन रोकियो । प्रहरी कष्टडीमा रहेका उनीहरुमाथि चितवन प्रशासने मुद्दा चलाएको छ । कडा कारवाही हुनुपर्ने माग सबैतिरबाट उठेको छ ।
    उक्त घटनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणप्रति जिल्लावासीको सम्वेदनशीलता झनै बढेर गएको छ । चितवनवासी फेरि एकपटक जुर्मुराएका छन् । विहानै रङ्शालामा देखिएको उपस्थिति र सामाजिक सञ्जालमा पोखिएका भावनले पनि रङ्गशाला निर्माणप्रति चितवनवासीको सम्वेदनशीलता झल्काउँछ ।

    स्थानीय पाँचवटा टोल विकास संस्थाले शुक्रबार साँझ संयुक्त निर्णय गरेर रङ्गशाला निर्माणका लागि साथ, सहयोग र जनस्तरबाट हुने सुरक्षाका लागिसमेत प्रतिबद्धता जनाएपछि यो माहोल बनेको हो । उनीहरुले भत्किएको बार स्थानीय वासिन्दा र टोल विकास संस्था मिलेर निर्माण गर्ने प्रतिबद्धता जनाउँदै धुर्मुस सुन्तली फाउण्डेसनलाई निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए । साथै, स्थानीयले माग गरेको बाटो निर्माणका सम्बन्धमा रङ्गशालाको विस्तुत गुरुयोजना (डीपीआर) तयार भएपछि प्राविधिकले निर्धारण गरेको मापदण्ड अनुसार स्थानीय जनता, नगरपालिका तथा धुुर्मुस सुन्तली फाउण्डेसनबीच समझदारीमा निर्माण गर्ने सहमति पनि टोल विकास संस्थाहरुले गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.