हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको बुङदलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् ।
चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएकी जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा आगो लागेको स्थानीयवासीले जानकारी दिएका छन् । २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको थियो । चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
त्यस्तै, रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्याएको छ । शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो ।
अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ । ४ः३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिनुभयो ।
माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ । तर उनको परिवारका अन्यभने सकुशल छन् । पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्याएको छ भने दुई निजी मोटरसाइकल पुरिएको छ । गाउँपालिकाको भुइँतलाको दुइवटै सटर पूर्णरूपमा पुरिएको छ ।
सरकारी नम्बरप्लेटको एउटा मोटरसाइकललाई पनि पहिरोले क्षति पुर्याएको छ । अन्य क्षतिको विवरण भने आउन बाँकी छ । अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पुर्याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।
हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको बुङदलमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर अर्की एक महिला घाइते भएकी छन् ।
चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएकी जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।