सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुरमा कृषि प्रदर्शनी एवम् कृषक मेला हुने


  •    /१९ जेष्ठ २०७६, आईतवार १६:०८ 
  • चितवन । कृषि तथा बन विज्ञान विश्वविद्यालयले पहिलो पटक कृषि प्रदर्शनी एवम् कृषक मेला २०७६ गर्ने भएको छ । ‘कृषि ज्ञान र प्रविधि, विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ यहि जेठ ३२देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी आयोजना गर्न लागिएको विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    कृषि तथा बन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा आयोजना हुने कृषि प्रदर्शनी एवम् कृषक मेलामा विश्वविद्यालयको विशेष स्टलसहित कृषि प्रविधि र कृषकका ५० वटा स्टल रहने कृषि प्रदर्शनी एवम् कृषक मेला मूल आयोजक समितिका संयोजक एवम् विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले जानकारी दिनुभयो । कृषि प्रदर्शनीमा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले विकास गरेका प्रविधिबारे पनि कृषकलाई जानकारी गराइने उहाँले बताउनुभयो ।

    कृषक, विद्यार्थी, कृषि पेशाकर्मी कृषि प्राविधिक, कृषि उद्यमी एवम् कृषि मेशिनरी व्यवसायीबीच सहकार्य, अन्तक्र्रिया र समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउँदै समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कृषि प्रदर्शनी एवम् कृषक मेला गर्न लागिएको संयोजक कोलाक्षपतिले बताउनुभयो ।

    संयोजक कोलाक्षपतिका अनुसार कृषि प्रदर्शनी एवम् कृषक मेलाको सह आयोजकमा प्रदेश नम्वर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भरतपुर महानगरपालिका तथा प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेको छ । मेलामा कृषक कृषि वैज्ञानिकबीच अन्तरक्रियासमेत गराइने उहाँले बताउनुभयो । मेला सम्पन्न गर्नका लागि ३० देखि ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु
    • कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.