सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा चार लाख ८५ हजार दुर्व्यसनी


  •    /२० जेष्ठ २०७६, सोमबार २३:४९ 
  • काभ्रेपलाञ्चोक । नेपालमा हाल चार लाख ८५ हजार दुर्व्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङ्कले देखाएको छ ।

    त्यसमध्ये दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् । लागुऔषध दूव्र्यसन विरुद्धका अभियन्ता प्रहरीका पूर्वउच्च अधिकृतद्वारा आज बनेपामा आयोजित लागुऔषध तथा सुरक्षा विषयक सचेतना कार्यक्रममा नार्कोनन नेपालका वरिष्ठ प्रशिक्षक एवं पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले उक्त तथ्याङ्क प्रस्तुत गर्दै १४ वर्षमा लागुऔषध प्रयोग गर्न शुरु गरेका व्यक्ति सरदर २४ वर्षसम्ममा मरिसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नेपालमा रहेका दुई लाख दुर्व्यसनी लागुऔषध छाड्न नसक्दा मर्दै जानेछन् ।” उहाँका अनुसार लागुऔषध उनीहरूका लागि जीवन बर्बाद बनाउने प्रमुख कारण बन्दै गएको छ । लागुऔषधका लागि प्रतिवर्ष नेपालबाट करीब रु २० अर्ब बाहिरिएको र कक्षा ८ देखि नै विद्यार्थी लागुऔषधमा फसेको पाइएको कुँवरले बताउनुभयो ।

    “नेपालमा चिकित्सक र इञ्जिनीयर बन्ने करीब ६० प्रतिशतसम्म लागुऔषध प्रयोगकर्ता छन्, उनीहरूमा पनि लत लागेपछि कमैले मात्र छाड्न सक्ने अवस्था रहन्छ”, उहाँले भन्नुभयो । अधिकांश कर्मचारीका छोराछोरी लागुऔषधमा फसेका उल्लेख गर्दै उहाँले नेपालमा भएका ९९ प्रतिशत घरेलु तथा महिला हिंसा दुव्र्यसनीकै कारण भएको दाबी गर्नुभयो ।

    लागुपदार्थ तीन हजार ५०० प्रकारका हुने जानकारी दिँदै लागुपदार्थ नरोक्दा केही देशमा शहर नै सरेको घटना भएकाले यसलाई न्यूनीकरणतर्फ आजैदेखि स्थानीय तहले लाग्नुपर्नेमा कुँवरले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नखाएकालाई रोक्नुस्, खाएकालाई चिन्नुस् र उपचार विधितर्फ लागि हाल्नुस् ।” अभिभावकले उपचार विधि लिएर घरलाई नै पुनःस्थापना केन्द्र झै बनाएर लत निदान गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

    सो अवसरमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले आफूहरू दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएका र काठमाडौँमा यसको प्रभावकारिता बढ्दै गएपछि उपत्यकाबाहिर अभियान सञ्चालन थालेको बताउनुभयो । उहाँले दुव्र्यसन न्यूनीकरण नगर्ने हो भने आउँदो पुस्तामा ‘भयानक खतरा’ सावित हुने भएकाले विदेश जान चाहनेका लागि सुरक्षित रहन सकेसम्म सुपरभाइजरी कोर्ष दिलाएर पठाउन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “विशेष गरी विद्यालय र होटलमा सुरक्षित जीवनबारे सचेतना गराइनुपर्दछ ।”

    कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादेले एकैपटक दव्र्यसन निर्मूल पार्न नसकिने भएकाले न्यूनीकरणतर्फ कार्यक्रमअघि सारिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विद्यालयस्तरमा दुव्र्यसनविरुद्ध सचेतना आवश्यक रहेकामा जोड दिनुभयो ।

    कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र विद्यार्थी, स्थानीय जनप्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या
    • राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.