सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश नं ३ : दुई विधेयक पारित


  •    /११ असार २०७६, बुधबार २०:१३ 
  • हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।

    उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै विधेयकलाई पारित गर्न भनी प्रस्ताव राख्नुभएको थियो । आजै बसेको दोस्रो बैठकमा सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०७६/७७ का लागि विनियोजित बजेटमाथि छलफल जारी रह्यो ।

    उक्त विनियोजित बजेटको छलफलमा प्रदेशसभाका सदस्यले स्थायी राजधानी र नामकरण टुङ्गो नलागेसम्म हालको हेटौँडामा मन्त्रिपरिषद्को भवन आगामी आवभित्र निर्माण गर्ने बजेट छुट्याइएकामा चिन्ता व्यक्त गर्नुभयो ।

    उक्त बैठकको छलफलमा बहुसङ्ख्यक सदस्यले प्रदेशको नीति योजना आयोगले सन्तुलित र समानुपातिक ढङ्गबाट प्रदेशको १३ वटै जिल्लामा योजनालाई पारदर्शीरुपमा समेट्न नसकेको र सो आयोजनाद्वारा अद्यावधिक गरिएको ‘प्रोजेक्ट बैंक’लाई पारदर्शी ढङ्गबाट कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो ।

    बजेटको विनियोजित शीर्षकमा प्रदेशमा पूँजीगत खर्चभन्दा चालूतर्फको खर्चको आकार निकै बढाइएको भन्दै उहाँहरुले पहुँचमा नरहेका जनताका लागि पिउने पानी र स्वास्थ्य उपचारका लागि उच्च प्राथमिकता दिएर बजेट छुट्याइनुपर्ने माग गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.