सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा प्रहरीको विशेष सवारी जाँच कार्ययोजना, राति पनि चेकजाँच हुने


  •    /११ असार २०७६, बुधबार १४:५३ 
  • भरतपुर । चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो ।

    ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ । अभियानलाई कडाइका साथ एक महीनासम्म सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले बताउनुभयो । लाइसेन्स, बिलबुक नहुने र नवीकरण नगर्ने, बढी भाडा लिने, निषेधित क्षेत्रमा हर्न बजाउने, सिट बेल्ट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन (मापसे) लगायत ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई निरुत्साहित गर्न अभियान चलाइएको उहाँले जानकारी दिनुभयो ।

    “दैनिक फरक–फरक क्षेत्रमा अभियान सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “बिहान, दिउँसो र रातको समयमा चेकजाँच नियमित चल्नेछ ।” राजधानी काठमाडौँ र पूर्वपश्चिम जाने हजारौँ सवारी साधन चितवन भएर गुड्ने गर्छन् । सवारी साधनको चाप बढेकाले पनि दैनिक हुने दुर्घटनाबाट मानिसको अकालमा ज्यान जाने गरेको छ ।

    ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको ११ महीनामा चितवनमा २५३ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १३७ को मृत्यु भएको छ भने ५३३ जना घाइते भएका छन् । जिल्लाको भित्री सडकमा सबैभन्दा धेरै दुर्घटना भएको गिरीले बताउनुभयो । उहाँले मोटरसाइकल धेरै दुर्घटनामा पर्ने गरेको जानकारी दिनुभयो । एघार महीनामा कार्यालयले रु दुई करोड ८० लाख नौ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।

    चितवनमा ट्राफिक जनशक्तिको अभावमा प्रभावकारी काम गर्न समस्या परेको ट्राफिक प्रहरीको गुनासो छ । एकतीस जनाको दरबन्दी रहेको चितवनमा बढ्दो सवारीसाधनको चापअनुसार एक सय ट्राफिक आवश्यक पर्ने कार्यालय प्रमुख गिरीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.