सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाको खागसहित तीन जना पक्राउ


  •    /११ असार २०७६, बुधबार २२:५० 
  • काठमाडौँ । काठमाडौँको ढल्कुबाट एकसिंगे गैँडाको खागसहित तीन जना पक्राउ परेका छन् । आज दिउँसोको समयमा रु ५५ लाखमा खाग बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँ महानगरपालिका– १७ ढल्कुबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    पक्राउ पर्नेमा गोरखा घर भई ढल्कुमा डेरा गरी बस्ने ५३ वर्षीय लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका– २ घर भई धादिङ महादेवबेशी बस्ने ३३ वर्षीय अष्टबहादुर थिङ र सोही ठाउँका ३४ वर्षीय गोविन्द मोक्तान रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

    महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले लालबहादुरको कोठा खानतलासी गर्दा गैँडाको खाग, सेतो सिसाको पत्थरसमेत बरामद गरेको थियो ।

    यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ६ बाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउपर्नेमा बाराका राजु लामा र दिनेश चौधरी रहेका छन् । उनीहरुको साथबाट लागुऔषध दर्जनौँ चक्की फेला परेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.