banner news

अझै अलमलमा प्रदेश ३ को राजधानी, काँग्रेसले संसद अवरुद्ध पार्ने सङ्केत

हेटौंडा । प्रदेश ३ को आजदेखि शुरुहुने वर्षे अधिवेशनमा यो प्रदेशको स्थायी राजधानी र नाम के राख्ने भन्ने प्रकृया शुरु गर्ने अपेक्षा गरिएको थियो । तर यो अधिवेशनमा पनि प्रदेशको राजधानी र नामको विषय संसदको सूचीमा परेको छैन । प्रदेश...

५८ वर्षीया महिलामाथि सामुहिक बलात्कार

बिपुल अधिकारी पाँचथर । पाँचथरको फिदिम नगरपालिकाकी एक महिला तीनजनाको सामुहिक बलात्कारको शिकार भएकी छिन् । बलात्कारको आरोपमा एक जनालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ भने अन्य दुईजना फरार रहेका प्रहरीले जनाएको छ । ती महिलाले शुक्रबार मध्य राति तीनजनाको...

कुनै पनि बेला शक्तिशाली भूकम्प जान सक्छ, पूर्व तयारी गरौँ : भूगर्भविद्

प्रकाश सिलवाल (रासस) काठमाडौँ  / गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना...

यार्सागुम्बा टिप्न दुई महीना विद्यालय बन्द

रुकुम । रुकुमको पूर्वी क्षेत्र (रुकुमपूर्व)का विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका...

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन सरकारलाई सुझाव

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला : पैसाले काम नरोकिए पुसदेखि प्रतियोगिता गर्न सकिने

तीन अर्ब लाग्ने रङ्गशाला निर्माणका लागि अहिलेसम्म ६ करोड ५० लाख रुपैयाँ मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन ।   चितवन । चितवनको रामपुरमा निर्माणाधीन बहुप्रतिक्षित र बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आगामी पुसदेखि प्रतियोगिता गर्न सकिने गरी कामलाई...

७५ वर्षमा बल्ल नागरिकता !

जुम्ला / सुगम ठाउँका मानिसले कति वर्षमा नागरिकता बनाउँछन् ? १६ वर्ष पुग्ने बित्तिकै सुगम ठाउँका धेरै मानिसहरु नागरिकता लिन अभिभावकसहित जिल्ला प्रशासन कार्यालय पुगिहाल्छन् । नभएपनि १७/१८ वर्षसम्म त नागरिकताको प्रमाणपत्र बनाईहाल्छन् । तर कर्णालीको जुम्लाकी एक महिलाले...

बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु

घाज्नी (रासस/एएफपी) । दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् । राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा उक्त बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रान्तीय प्रवक्ता आरिफ नूरीले...

खोलामा डुबेर दुई बालकको मृत्यु

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–७ रोरा नदीमा आज डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय परशुराम चौधरीका नौ वर्षीय छोरा समिर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदीप चौधरीको रोरा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको...

गत वर्ष विश्वभर कम्तीमा ९५ पत्रकारको हत्या

बीबीसी सन् २०१८ मा विश्वभर कम्तीमा ९५ पत्रकार आफ्नो कामको सिलसिलामा मारिएका अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको तथ्याङ्क छ। यो सङ्ख्या सन् २०१७ को भन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने होइन। सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन्...