सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी बढेसँगै मोहीको माग बढ्दो


  •    न्युजभित्तो/१५ जेष्ठ २०८३, शुक्रबार १६:१७ 
  • चितवन, १५ जेठ । गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने  सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ । 

    पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउनुहुन्छ । उहाँले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै आउनुभएको छ ।

    हाल जिल्लामा सहकारी र निजी क्षेत्र गरी १४ वटा उत्पादकले मोही उत्पादन गरी बिक्री गर्दै आएका छन् । मोही उत्पादक बढे पनि माग पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।

    पत्रकार राधेश्याम खतिवडा मोहीको तुलना अन्य पेयपदार्थसँग तुलना नहुने जनाउँदै मोही पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ । मोही उत्पादकलाई गुणस्तरमा ध्यान दिन र नियामक निकायलाई अनुगमन गर्न उहाँको सुझाव छ । सुरुआतमा केही सहकारी र निजी क्षेत्रले मोही उत्पादन गरेको भए पनि अहिले उत्पादन गर्ने उद्योग बढेका छन् । मोही बिक्री हुन मौसममा भर पर्ने उहाँको भनाइ छ ।   

    जिल्लामा दैनिक दुई हजार लिटर मोही बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताउनुभयो । सात वटा सहकारी र सात वटा निजी डेरीले जिल्लामा मोही उत्पादन गरेर बजारमा ल्याउने गरेका छन् । उहाँले भन्नुभयो, “अहिले मोहीले बजारमा पाइने पेयपदार्थहरु कोक, फेन्टाहरुको बजारलाई विस्थापित गर्दै मोहीको प्रयोग बढेको छ ।”

    किराना पसलदेखि हरेक पसलमा मोही बिक्री हुने गरेको छ । गर्मीमा बढ्दै जाँदा दिउँसो चियाको साटो पनि मोही पिउने गरेको पाइएको छ । जिल्लामा हुने ठूला भोज, भतेर तथा महत्वपूर्ण कार्यक्रममा मोहीको प्रयोग हुन थालेको छ । मोही प्रतिलिटर रु ७० मा पाइने र स्वास्थ्यका लागिसमेत फाइदाजनक हुने भएकाले माग बढेको उहाँको भनाइ छ ।

    हरेक वर्ष फागुन महिनादेखि भदौसम्म मोहीको बिक्री  उल्लेखनीय रुपमा हुने गरेको छ । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । स्थानीय बजारमा ५० प्रतिशत दूध खपत हुँदै आएको छ भने अन्य जिल्ला जाने गरेकोछ । यहाँको बजारमा जाने दूधबाट मोही बनाएर बिक्री वितरण गर्ने गरिएको छ ।

    दूधको खपत राम्रो भए पनि निजी क्षेत्रका उद्योगले दूधको भुक्तानी नदिँदा मोही उत्तम विकल्प बनेको उहाँले बताउनुभयो । चितवनमा उत्पादित मोही छिमेकी जिल्लाहरुमा समेत पुग्ने गरेको छ । 

    अध्यक्ष बगालेका अनुसार, नवलपरासी, लमजुङ, गोरखा, मकवानपुरलगायत जिल्लामा यहाँको उत्पादन जाने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.