सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

७५ वर्षमा बल्ल नागरिकता !


  •    /२९ बैशाख २०७६, आईतवार ०८:३५ 
  • जुम्ला / सुगम ठाउँका मानिसले कति वर्षमा नागरिकता बनाउँछन् ? १६ वर्ष पुग्ने बित्तिकै सुगम ठाउँका धेरै मानिसहरु नागरिकता लिन अभिभावकसहित जिल्ला प्रशासन कार्यालय पुगिहाल्छन् । नभएपनि १७/१८ वर्षसम्म त नागरिकताको प्रमाणपत्र बनाईहाल्छन् । तर कर्णालीको जुम्लाकी एक महिलाले ७५ वर्ष पुगेपछि मात्रै नागरिकता पाएकी छिन् । त्यो पनि गाउँमै घुम्ती टोली पुगेपछि ।

    जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले नागरिकताको प्रमाणपत्र बनाउनुभयो ।

    बस्नेत २००१ वैशाख ७ मा जन्मनुभएको हो । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो ।

    त्यसैगरी गुठीचौर गाउँपालिका–२ की चाउली बोहोराले ५३ वर्षको उमेर नागरिकता पाउँदा खुशी व्यक्त गर्नुभयो । यहाँका मान्छेको सरदर आयु ६० वर्ष हो । बोहोराले भन्नुभयो, ‘नागरिकताको प्रमाणपत्र नपाउँदै मर्छु कि भन्ने चिन्ता थियो ।’

    त्यसैगरी सुत्केरी भएको दुई महीना पनि नपुगेकी सोही गाउँपालिका–२ की दिलमाया गिरीले पनि शिविरमा आएर नागरिकता लिनुभयो । शिविरमा २० देखि ७५ वर्ष उमेर समूहका ४१ महिला र ५१ पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका बासिन्दा नागरिकता प्रमाणपत्रको अभावमा राज्यबाट उपलब्ध गराउने सेवा तथा सुविधाबाट बञ्चित हुन नपरोस् भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो । आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकीकृत घुम्ती सेवा सञ्चालन गरिने उहाँको भनाइ छ।

    तुथकली बस्नेतले त ७५ वर्षको उमेरमा नागरिकता पाउनुभयो । नेपालमा उहाँजस्ता धेरै वृद्धवृद्धाहरु अझै पनि नागरिकता प्राप्त गर्ने अधिकारबाट बञ्चित छन् । राज्यले सदरमुकामसम्म पुगेर नागरिकता बनाउन नसक्नेहरुका लागि यसरी गाउँघरमै पुगेर नागरिकता प्रदान गर्ने अभियानलाई प्रभावकारी बनाउन आवश्यक छ । जसबाट वृद्धवृद्धाहरु नागरिकताको प्रमाणपत्र नभएकै कारण आफ्नो हक अधिकारबाट बञ्चित हुन नपरोस् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.