सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै अलमलमा प्रदेश ३ को राजधानी, काँग्रेसले संसद अवरुद्ध पार्ने सङ्केत


  •    /३० बैशाख २०७६, सोमबार ०७:०६ 
  • हेटौंडा । प्रदेश ३ को आजदेखि शुरुहुने वर्षे अधिवेशनमा यो प्रदेशको स्थायी राजधानी र नाम के राख्ने भन्ने प्रकृया शुरु गर्ने अपेक्षा गरिएको थियो । तर यो अधिवेशनमा पनि प्रदेशको राजधानी र नामको विषय संसदको सूचीमा परेको छैन ।

    प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठकाअनुसार आजदेखि शुरुहुने अधिवेशनमा आठ वटा विषयले प्रवेश पाउने छन् । सभामुखको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्ष समितिको बैठकको निणय अनुसार यो अधिवेशनमा आठ वटा विषय लगिदैछ ।

    सभामुख श्रेष्ठले प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामकरणको विषयले प्रवेश नपाउने तर एक हप्तापछि मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने बताउनुभयो । यसअघि वर्षे अधिवेशनको सुरुमै प्रदेश राजधानी र नामकरणको प्रकृया सुरु गर्ने भनिएको थियो । सत्तारुढ नेकपाले राजधानीको विषयमा निर्णय गर्न नसक्दा प्रकृया शुरुहुन नसकेको हो । जसले गर्दा नेकपाकै सांसदहरु अलमल्लमा परेका छन् ।
    प्रतिपक्षि दल नेपाली काँग्रेस भने हेटौँडालाई नै स्थायी राजधानी तोक्नुपर्ने अडानमा छ । वर्षे अधिवेशनमा यो विषयले प्रवेश नपाउने भएपछि काँग्रेस असन्तुष्ट बनेको छ । यो विषयलाई लिएर काँग्रेसले संसद अवरुद्ध गर्नसक्ने नाम उल्लेख नगर्ने शर्तमा एक काँग्रेस साँसदले बताए । यतिसम्मकी नेपाली काँग्रेशले संसद अवरुद्ध गर्न सक्ने भएकोले प्रदेश सभा सचिवालयलाई सतर्क अवस्थामा राखिएको छ । पहिलेको तुलनामा मर्यादा पालक थपिएको बताइएको छ । यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिएपनि प्रवेश नपाएपछि रुष्ट बनेका काँग्रेसका सांसदहरु वर्षे अधिवेशनमा राजधानीको विषयले प्रवेश नपाउने भएपछि संसद अवरुद्ध पार्ने सङ्केत दिएका हुन् ।
    प्रदेश सभा गठन भएको एक वर्ष नाघिसक्दा समेत राजधानीको विषयले प्रवेश नपाएको भन्दै काँग्रेशले यसअघिनै संसद अवरुद्ध गर्ने चेतावनी दिईसकेको छ । प्रदेशको वर्षे अधिवेशन आज दिउँसो १ बजे बोलाइएको छ । प्रदेश ३ का प्रतिपक्षि दलका नेता इन्द्रबहादुर बानियाँले संसद अवरुद्ध गर्ने नगर्ने विषयमा अहिलेनै केही नभन्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.