सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै अलमलमा प्रदेश ३ को राजधानी, काँग्रेसले संसद अवरुद्ध पार्ने सङ्केत


  •    /३० बैशाख २०७६, सोमबार ०७:०६ 
  • हेटौंडा । प्रदेश ३ को आजदेखि शुरुहुने वर्षे अधिवेशनमा यो प्रदेशको स्थायी राजधानी र नाम के राख्ने भन्ने प्रकृया शुरु गर्ने अपेक्षा गरिएको थियो । तर यो अधिवेशनमा पनि प्रदेशको राजधानी र नामको विषय संसदको सूचीमा परेको छैन ।

    प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठकाअनुसार आजदेखि शुरुहुने अधिवेशनमा आठ वटा विषयले प्रवेश पाउने छन् । सभामुखको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्ष समितिको बैठकको निणय अनुसार यो अधिवेशनमा आठ वटा विषय लगिदैछ ।

    सभामुख श्रेष्ठले प्रदेश सभा बैठकमा प्रदेश ३ को राजधानी र नामकरणको विषयले प्रवेश नपाउने तर एक हप्तापछि मात्र राजधानीको विषयलाई प्रवेश गराउन सकिने बताउनुभयो । यसअघि वर्षे अधिवेशनको सुरुमै प्रदेश राजधानी र नामकरणको प्रकृया सुरु गर्ने भनिएको थियो । सत्तारुढ नेकपाले राजधानीको विषयमा निर्णय गर्न नसक्दा प्रकृया शुरुहुन नसकेको हो । जसले गर्दा नेकपाकै सांसदहरु अलमल्लमा परेका छन् ।
    प्रतिपक्षि दल नेपाली काँग्रेस भने हेटौँडालाई नै स्थायी राजधानी तोक्नुपर्ने अडानमा छ । वर्षे अधिवेशनमा यो विषयले प्रवेश नपाउने भएपछि काँग्रेस असन्तुष्ट बनेको छ । यो विषयलाई लिएर काँग्रेसले संसद अवरुद्ध गर्नसक्ने नाम उल्लेख नगर्ने शर्तमा एक काँग्रेस साँसदले बताए । यतिसम्मकी नेपाली काँग्रेशले संसद अवरुद्ध गर्न सक्ने भएकोले प्रदेश सभा सचिवालयलाई सतर्क अवस्थामा राखिएको छ । पहिलेको तुलनामा मर्यादा पालक थपिएको बताइएको छ । यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिएपनि प्रवेश नपाएपछि रुष्ट बनेका काँग्रेसका सांसदहरु वर्षे अधिवेशनमा राजधानीको विषयले प्रवेश नपाउने भएपछि संसद अवरुद्ध पार्ने सङ्केत दिएका हुन् ।
    प्रदेश सभा गठन भएको एक वर्ष नाघिसक्दा समेत राजधानीको विषयले प्रवेश नपाएको भन्दै काँग्रेशले यसअघिनै संसद अवरुद्ध गर्ने चेतावनी दिईसकेको छ । प्रदेशको वर्षे अधिवेशन आज दिउँसो १ बजे बोलाइएको छ । प्रदेश ३ का प्रतिपक्षि दलका नेता इन्द्रबहादुर बानियाँले संसद अवरुद्ध गर्ने नगर्ने विषयमा अहिलेनै केही नभन्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.