सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु


  •    /२८ बैशाख २०७६, शनिबार २२:२१ 
  • घाज्नी (रासस/एएफपी) । दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् ।

    राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा उक्त बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रान्तीय प्रवक्ता आरिफ नूरीले सडक किनारामा बालबालिका खेल्दै गरेको अवस्थामा बारुदी सुरुङ बिस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।

    सरकारी सुरक्षाकर्मीलाई लक्षित गरी विद्रोही तालिबानी समूहले सडक किनारामा विद्युतीय धराप राखेको उहाँले बताउनुभयो । तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

    अफगान सुरक्षाफौजलाई लक्षित गरी तालिबान समूहले सडक किनारामा बम राख्ने गरेका छन् । यी बेबारिसे बमले सर्वसाधारणको ज्यान लिने गरेका छन् ।

    घाज्नी प्रान्तीय परिषद्का एक सदस्य अमानुल्लाह कामरानीले मारिएका बालबालिकाहरु ७ देखि ९ वर्षका रहेको जानकारी दिनुभयो । एकै परिवारका चार जना बालबालिकाको मृत्यु भएको थियो ।

    अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत महीना मोर्टार बिस्फोट हुँदा सात जना बालिकाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१८ मा गृहयुद्धका कारण अफगानिस्तानमा ९०० भन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.