सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बारुदी सुरुङ बिस्फोटमा सात बालबालिकाको मृत्यु


  •    /२८ बैशाख २०७६, शनिबार २२:२१ 
  • घाज्नी (रासस/एएफपी) । दक्षिण अफगानिस्तानमा शनिबार विद्युतीय धराप बिस्फोट हुँदा सात जना बालबालिकाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन् ।

    राजधानी काबुलबाट दक्षिणमा रहेको घाज्नी प्रान्तमा उक्त बिस्फोट भएको प्रहरीले जनाएको छ । प्रान्तीय प्रवक्ता आरिफ नूरीले सडक किनारामा बालबालिका खेल्दै गरेको अवस्थामा बारुदी सुरुङ बिस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।

    सरकारी सुरक्षाकर्मीलाई लक्षित गरी विद्रोही तालिबानी समूहले सडक किनारामा विद्युतीय धराप राखेको उहाँले बताउनुभयो । तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

    अफगान सुरक्षाफौजलाई लक्षित गरी तालिबान समूहले सडक किनारामा बम राख्ने गरेका छन् । यी बेबारिसे बमले सर्वसाधारणको ज्यान लिने गरेका छन् ।

    घाज्नी प्रान्तीय परिषद्का एक सदस्य अमानुल्लाह कामरानीले मारिएका बालबालिकाहरु ७ देखि ९ वर्षका रहेको जानकारी दिनुभयो । एकै परिवारका चार जना बालबालिकाको मृत्यु भएको थियो ।

    अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा गत महीना मोर्टार बिस्फोट हुँदा सात जना बालिकाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०१८ मा गृहयुद्धका कारण अफगानिस्तानमा ९०० भन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.