banner news

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी
-न्युजभित्तो

काठमाडौँ, २५ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २,...

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफलः कानुनमन्त्री सिन्हा
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको बताउनुभएको छ । आज निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उहाँले विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम सम्पन्न गरेको...

एनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न सम्मेलनले पछिल्लो समय मध्यपूर्वी मुलुकमा कार्यरत नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा हाल मध्यपूर्वमा बसोवास गरिरहेका नेपालीहरुको सुरक्षाप्रति...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताउनुभयो ।  हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको...

भक्तपुर क्षेत्र नं २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न
-न्युजभित्तो

भक्तपुर, २४ फागुन । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर...

आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने आशङ्काकाबीच निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिँदै यसको सम्पूर्ण यश आयोगले पाउने बताउनुभएको छ । आज आयोगको कार्यालय बहादुर भवन पुगेर अर्थमन्त्री खनालले...

‘महिलाको अर्थपूर्ण उपस्थितिका लागि शिक्षा, स्वास्थ्यमा लगानी बढाउनुपर्छ’
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । महिला अधिकारकर्मीहरुले महिला सशक्तिकरणका लागि राज्यले शिक्षा, स्वास्थ्य, सीप विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले मुलुक निर्माणमा महिला सहभागिता अर्थपूर्ण बनाउन राज्यले...

काठमाडौँमा प्रदूषण बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।  वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै...

राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले राज्यका नीतिनिर्माण तहमा महिलालाई ल्याउन आवश्यक भएको बताउनुभएको छ ।  एक सय सोह्रौँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रमा उहाँले समाजमा पछि परेका, विकासको मूलधारबाट वञ्चित महिला बढी प्रताडित हुनुपरेको...

बाजुरामा कांग्रेसका जनकराज गिरी विजयी
-न्युजभित्तो

काठमाडौं, २४ फागुन । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गिरी १७ हजार १७३ मतसहित विजयी...