सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनओ हङकङ सम्मेलनद्वारा मध्यपूर्वका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण


  •    न्युजभित्तो/२४ फाल्गुन २०८२, आईतवार १४:५२ 
  • काठमाडौँ, २४ फागुन । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न सम्मेलनले पछिल्लो समय मध्यपूर्वी मुलुकमा कार्यरत नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

    विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा हाल मध्यपूर्वमा बसोवास गरिरहेका नेपालीहरुको सुरक्षाप्रति विशेष चासो दिन र आवश्यक पहल गर्न सरकारले ध्यान पु¥याउनुपर्ने प्रस्ताव सो सम्मेलनमा पारित भएको हो ।

    सम्मेलनले विश्वका जुन ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी नेपालीभाषी नागरिकहरुका बीचमा आपसी एकता कायम गर्दै नेपाली जातिको संरक्षणा र सम्वर्द्धन गर्दै सो शक्तिलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    हङकङ सरकारका डिस्ट्रिक काउन्सिलर प्रथम नेपाली अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटी महासचिव चूडामणि भट्टराईद्वारा शनिबार साँझ उद्घाटन गरिएको सो सम्मेलनमा हङकङमा रहेका नेपाली मूलका तथा नेपालीभाषी ठूलो सङ्ख्याका नागरिकको सहभागिता रहेको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।

    त्यस अवसरमा एएनओ अन्तरराष्ट्रिय समितिका महासचिव चूडामणि भट्टराई र केन्द्रीय सदस्य खुसी गुरुङ तथा डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङले संसारका जुनसुकै देशमा जन्मे हुर्केको भएपनि नेपाली जातिका मानिसहरुलाई एकआपसमा जोड्ने र नेपाली जातिको एकता र संस्कृतिको पुस्तान्तरण गर्ने कार्यमा एएनओको सफलताको कामना गर्नुभयो ।

    नेपाली जातिको आफ्नै पहिचान र अतित्वसहितको जीवन यापनका लागि सामाजिक संस्कृतिक अभियान सञ्चानल गरिरहेका अमेरिका निवासी डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओ स्थापना भएको थियो ।

    उक्त संस्थाले विश्वका नेपाली जातिबीच जतिसुकै पुस्ता बाहिर बस्नु परेपनि आफू बसेकै देश तथा स्थानमा नेपाली भाषा, कला, संस्कृति, रीतिरिवाज र नेपाली पहिचानको निरन्तरता, यसको विस्तार र पुस्तान्तरणको अभियान सञ्चालन गरिरहेको छ ।

    साथै एएनओले विश्वभरका नेपालीको श्रम, पूँंजी र ज्ञानलाई नेपालको समृद्धिमा लगाउन आफ्ना जातिका मानिसहरुको पहिचान गर्न तथा नेपाली मूलका नागरिकहरुलाई आफूसँग कुनै न कुनै रुपमा जोड्ने नीति बनाउन पनि नेपाल सरकारसँग माग गर्दै आएको छ ।

    सोही अवसरमा हङकङका स्थानीय युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा एएनओको हङकङ कमिटी पनि गठन गरिएको छ । यसको उपाध्यक्षमा अजय राई, महासचिवमा सुकु लिम्बू, सचिवमा अनुज रोक्का, कोषाध्यक्षमा सोफिया गुरुङ र प्रवक्तामा सुरेश याक्सो हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा सरला तामाङ, टपराज तामाङ, रिस्ता गुरुङ, मेजिला गुरुङ, भीम गुरुङ, जुनु राना, विन्नी लामा राई र करन तमाङ चयन हुनुभएको छ ।

    उक्त कार्यक्रममा तनहुँ समाज हङकङका वरिष्ठ उपाध्यक्ष रोशन गुरुङ, एनआरएनए लिमिटेडकी अध्यक्ष जयन्ती गुरुङ, मेरो भ्वाइस युनिभर्स सिजन– २ का उपविजेता टपराज नेगी तामाङ र सोही प्रतियोगिताकी प्रतिष्पर्धी विन्नी लामा राईले सांगितिक प्रस्तुतिसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.