सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भक्तपुर क्षेत्र नं २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न


  •    न्युजभित्तो/२४ फाल्गुन २०८२, आईतवार १४:१३ 
  • भक्तपुर, २४ फागुन । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नं २ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो । 

    नेपाली कांग्रेसले आठ हजार ७७८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आठ हजार ३९०, नेमकिपाले तीन हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले एक हजार ९३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई हजार ८३२, श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा आज बिहान ११ः०० बजेदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको छ । दिउँसो १ः०० रास्वपाले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो । 

    त्यस्तै नेपाली कांग्रेसले एक हजार ५६५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले एक हजार ६५, नेमकिपाले तीन हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा)ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा मतगणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.