सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ


  •    न्युजभित्तो/२४ फाल्गुन २०८२, आईतवार १४:११ 
  • काठमाडौँ, २४ फागुन । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने आशङ्काकाबीच निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिँदै यसको सम्पूर्ण यश आयोगले पाउने बताउनुभएको छ ।

    आज आयोगको कार्यालय बहादुर भवन पुगेर अर्थमन्त्री खनालले कुनै एक ठाउँमा पनि स्थगित नभई निर्वाचन सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद दिनुभएको हो । जेनजी पुस्ताको आन्दोलनपछि मुलुक अशान्त भएको अवस्थामा पनि आयोगले दृढ इच्छाशक्तिले काम गरेर निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

    यसअघिको निर्वाचनका क्रममा ५१ स्थानमा स्थगित भई पुनः निर्वाचन भएको अर्थमन्त्री खनालले स्मरण गर्नुभयो । कैदीबन्दी फरार रहेकाले शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्काबीच आयोगले बनाएको कार्यतालिकामा कुनै पनि सम्झौता नगरी काम भएको उहाँले उल्लेख गर्नुभयो । 

    आयोगको प्रभावकारी कार्यतालिका र कामप्रतिको अठोटका कारण निर्वाचन सम्पन्न गराउन सकिएको अर्थमन्त्री खनालले बताउनुभयो । “लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ रूपमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने भावनाको विकास गराउन पनि आयोग सफल भएको छ । एक स्थानमा पनि स्थगित नभई सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ, देशमा सुशासन कायम गराउने युवापुस्ताको माग निर्वाचनले सफल बनाएको छ”, सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो । 

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा छानबिन गर्न गठित आयोगले आज दिएको प्रतिवेदनका विषयमा यो सरकारले कार्यान्वयन गर्ने समय नहुने भएकाले मन्त्रिपरिषद्मा छलफल गरी सार्वजनिक गर्ने पहल गर्ने अर्थमन्त्री खनालले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिवेदन कार्यान्वयनका लागि अब बन्ने सरकारले काम गर्ने उहाँको भनाइ छ ।

    सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा पनि सहभागी हुनुहुन्थ्यो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीले मन्त्रीद्वयलाई मतगणनालगायत निर्वाचनका विषयमा जानकारी गराउनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.