सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफलः कानुनमन्त्री सिन्हा


  •    न्युजभित्तो/२४ फाल्गुन २०८२, आईतवार १६:४९ 
  • काठमाडौँ, २४ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भएको बताउनुभएको छ ।

    आज निर्वाचन आयोगमा भएको समीक्षा बैठकपछि उहाँले विषम अवस्थामा निर्वाचन गराउने दायित्वसहित गठन भएको सरकारले मुख्य काम सम्पन्न गरेको बताउनुभयो । सुरक्षा निकायको समन्वय र सरकारले स्रोत, साधनको समयमै व्यवस्था गरिदिएर निर्वाचन सम्पन्न गराउन सहयोग गरेको मन्त्री सिन्हाको भनाइ थियो ।

    “विभिन्न खालका दबाब आउँदा पनि आयोगले निर्वाचन कार्यतालिकामा हेरफेर नगरी काम गरेर समयमै निर्वाचन सम्पन्न गराउन नेतृत्वदायी भूमिका खेलेको छ,” उहाँले भन्नुभयो, “निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलसँग समन्वय भएको थियो ।” उहाँले मतदानअघि सुरक्षा निकायलाई स्वार्थ अनुकुल परिचालन नगरे राम्रो परिणाम निस्कन्छ भन्ने यो निर्वाचनबाट देखिएको समेत उल्ेख गर्नुभयो ।

    मन्त्री सिन्हाले निर्वाचनबाट असल संस्कृतिको सुरुवात भएको बताउनुभयो । अब बन्ने सरकारले बदलाको भावनाले काम नगरी जनतालाई सहज सेवा दिई आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने उहाँको सुझाव छ ।

    नयाँ संसद् भवनमा संसद्को पहिलो बैठक
    निर्वाचित सांसदको बैठक बोलाउन संसदीय मामिला मन्त्रालयले न्यूनतम् आवश्यकता पूरा गर्ने मन्त्री सिन्हाले बताउनुभयो । सिंहदरबारभित्र निर्माणाधिन नयाँ संसद् भवनमै संसद्को पहिलो बैठक बोलाउने गरी तयारी भइरहेको पनि मन्त्री सिन्हाले जानकारी दिनुभयो । भोलिदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम गरिने जानकारी पनि उहाँले बताउनुभयो ।

    समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुखलगायत उच्च अधिकारीहरुको सहभागिता थियो ।राष्ट्रिय समाचार समिति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.