banner news
काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताउनुभएको छ । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका सुअवसरमा सामाजिक सञ्जालमार्फत सम्पूर्णमा दिनुभएको प्रज्ञामय शुभकामनामा उहाँले त्यो ‘ज्ञ’ ज्ञान भएको स्पष्ट गर्नुभएको छ । बुद्धको जन्मले धन्य...
दोधारा चाँदनी (कञ्चनपुर), १८ वैशाख । कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा ‘बी’ लेभलका ४८ तथा भेट्रानतर्फ...
काठमाडौँ, १८ वैशाख । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी)...
काठमाडौँ, १८ वैशाख । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्...
मकवानपुर, १८ वैशाख । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार देश, जनताप्रति जवाफदेही रहेको तथा प्रदेशमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग बिहीबार अपराह्न भएको सङ्क्षिप्त कुराकानीमा उहाँले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन गर्न सरकार इमान्दार रहेको बताउनुभयो...
काठमाडौँ, १८ वैशाख । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला रु तीन हजार ४०० र चाँदी रु १३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६...
धरान (सुनसरी), १७ वैशाख । धरान उपमहानगरपालिका-४ स्थित सेउती खोलाको जुवाने दोभान नजिकै श्रमदानबाट फलामे पुल निर्माण भइरहेको छ । पुल अभावका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीय अहिले सामूहिक श्रमदानमार्फत पुल निर्माणमा जुटेका हुन् । यसअघि वर्षायाममा खोलामा पानीको...
काठमाडौँ, १७ वैशाख । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम पर्यवेक्षण...
काठमाडौँ, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति तथा समृद्धिको आधार निर्माण हुने बताउनुभएको छ । ललितपुरको नागवहालमा अवस्थित हीरण्यवर्ण महाविहार तारेमाम् सङ्घको हीरक महोत्सवलाई आज सम्बोधन...
काठमाडौँ, १७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक...
















