banner news

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन...

सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सकेसम्म धेरै नागरिकलाई समेटेर स्वास्थ्य...

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।  दशरथ रङ्गशालामा...

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा पर्दछ तर मातृ मृत्युदर कम गर्न परिवार नियोजनका साधनको प्रयोगले सहयोग पु¥याउन सक्दछ ।  यी साधनको प्रयोगले मृत्युदरमा ३० प्रतिशतसम्म कमी ल्याउन सक्ने एक अध्ययनले देखाएको छ...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गर्नुभएको छ ।  आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस दिवसको अवसरमा मन्त्री यादवले भिडियो सन्देश जारी गर्नुहुँदै पहिलो...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
-न्युजभित्तो

गोरखा, १८ वैशाख । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन् । चुमनुब्री गाउँपालिका–३ पाङसिङका गोठालाहरु हजारौं भेँडाबाख्रा धपाउँदै लेकतिर लागेको जगतका लक्ष्मण कार्कीले बताउनुभयो ।  चुमनुब्री–३ पाङसिङ गोरखाकै सबैभन्दा धेरै भेँडापालन गर्ने...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १८ वैशाख । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले विश्व जगत्लाई शान्तिको सन्देश दिएको बताउनुभएको छ । पच्चीस सय सत्तरीऔँ बुद्धजयन्तीका अवसरमा सूर्योदय योग ध्यान केन्द्रले आज तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित लोकतान्त्रिक उद्यानमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले...

बल्खु र वंशीघाट क्षेत्र नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै
-न्युजभित्तो

काठमाडौँ, १८ वैशाख । नेपाल सरकारले बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्ती हटाउने अभियानअन्तर्गत आज बल्खु र वंशीघाट क्षेत्रमा विशेष कार्य अगाडि बढाएको छ ।  सम्बन्धित निकायहरूको आपसी समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यस कार्यलाई अघि बढाएको प्रधानमन्त्रीको...

गण्डकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु छुट्टयाउन थालियो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १८ वैशाख । सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्मको सडकको केन्द्रविन्दु निर्धारणका लागि नापजाँच सुरु गरेको छ । सडक डिभिजन हेटौँडा, मालपोत तथा भूमिसुधार कार्यालय, वीरगञ्ज महानगरलगायतको संयुक्त टोलीले आज वीरगञ्जको घण्टाघर आसपासको सडकको रेखाङ्कन तथा नापजाँचको...