banner news

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजताका कारण गत चैत...

परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
-न्युजभित्तो

डुम्रे (तनहुँ), १७ वैशाख । हाम्रो समाजमा प्रविधिको विकाससँगै परम्परागत पुख्र्यौली सीप छाडेर वैकल्पिक रोजगारीको खोजीमा युवा भौतारिने गरेका छन् । उनीहरु प्रविधिको विकाससँगै आफूमा भएको सीपको उपयोग छाडेर रोजगारीका निम्ति विदेश जान आतुर हुन्छन् । तर, तनहुँका भुजेल...

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
-न्युजभित्तो

काठमाडौँ,  १७ वैशाख । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री...

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
-न्युजभित्तो

गलकोट (बागलुङ), १७ वैशाख । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ...

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १७ वैशाख । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका...

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
-न्युजभित्तो

महोत्तरी, १७ वैशाख । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् । यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुनुहुन्छ, मलेसिया...

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
-न्युजभित्तो

सिरहा, १७ वैशाख । लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा...

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा  मनाउने घोषणा गरेबमोजिम यो दिवस...

लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन,...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह चुस्त होस् भन्ने लोकतान्त्रिक मान्यतालाई आत्मसात् गरेर सरकारले अध्यादेश ल्याएको स्पष्ट गर्नुभएको छ । उहाँले सरकारले सार्वजनिक...