सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो


  •    न्युजभित्तो/१८ बैशाख २०८३, शुक्रबार ११:३७ 
  • काठमाडौँ, १८ वैशाख । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

    यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ ।

    साथै बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन् ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ ।

    अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिनुभएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ ।

    आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । उहाँले बोधगयामा ज्ञान प्राप्त गरी सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गर्नुभएको थियो भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको इतिहासमा उल्लेख छ ।

    यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा धार्मिक निकायले देशभर शान्ति र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.