सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण


  •    न्युजभित्तो/१८ बैशाख २०८३, शुक्रबार ११:०८ 
  • धरान (सुनसरी), १७ वैशाख । धरान उपमहानगरपालिका-४ स्थित सेउती खोलाको जुवाने दोभान नजिकै श्रमदानबाट फलामे पुल निर्माण भइरहेको छ । पुल अभावका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीय अहिले सामूहिक श्रमदानमार्फत पुल निर्माणमा जुटेका हुन् । 

    यसअघि वर्षायाममा खोलामा पानीको बहाव बढ्दा विद्यार्थी र सर्वसाधारणलाई जोखिमपूर्ण ढङ्गले आवतजावत गर्नुपर्ने बाध्यता थियो । यहाँ पुला निर्माण भएमा सहज रूपमा आवागमनको सुविधा हुने स्थानीय बताउँछन् ।

    स्थानीय जीवन राईले विगतका कठिनाइ स्मरण गर्दै भन्नुभयो, “मैले यही खोला मुस्किलले तरेर विद्यालय पढ्न जान्थे पटकपटक खोलाले बगाएको अनुभव अझै सम्झना छ । पहिले पुल निर्माणका लागि धेरै पहल गरेका थियौँ, तर सफल हुन सकेनौँ, अहिले श्रमदानबाट पुल निर्माण भइरहेको देख्दा अत्यन्त खुसी लागेको छ ।” पुल नहुँदा यहाँ खोलाले बगाएर केही बालबालिकासमेत गुमाउनुपरेका घटना छन् जसले स्थानीयलाई गहिरो पीडा दिएको उहाँको भनाइ छ । 

    बर्खा लागेसँगै बाढीको जोखिम बढ्ने समयमा पुल निर्माण भइरहेको देख्दा हामीलाई राहत महसुस भएको पुल निर्माण संयोजक तथा धरान उपमहानगरपालिका-४ का पूर्ववडाध्यक्ष धनबहादुर राईले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि धरान(४ लाई धरान १३ र १४ सँग जोड्नुका साथै यस क्षेत्रबाट धरानको नारे, दानावारी, हर्दिया, ठाकुरबारी हुँदै धनकुटाको राजारानीसम्म पुग्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो, “निर्माणले विशेषगरी स्थानीयस्तरमा उत्पादन हुने कृषिउपजलाई बजारसम्म पुर्‍याउन महत्वपूर्ण टेवा पुग्नेछ । साथै, यहाँका बालबालिकालाई विद्यालय आवतजावत साथै स्थानीयलाई अस्पतालसम्म पुग्न पनि यो पुलले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

    वर्षायाममा खोलाको बहाव बढ्दा विद्यार्थीहरू एक किनारमा र अभिभावकहरू लौरोको सहारामा खोला तार्ने अवस्था अत्यन्तै दुःखद् रहेको राईले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो दृश्यले हामीलाई सधैँ दुःखी बनाउँथ्यो । तर अब पुल निर्माणपछि त्यस्तो अवस्था अन्त्य हुनेछ ।”

    पुल निर्माणका लागि देशविदेशमा रहेका सहयोगी मनकारी दाताबाट आर्थिक सहयोग प्राप्त भइरहेको र स्थानीयवासीले श्रमदानमार्फत सक्रिय सहभागिता जनाइरहेकाले केही समयमै  निर्माण सम्पन्न हुने जनाइएको छ । “बर्खा सुरु भयो कति बेला बाढी उर्लेर आउने हो थाहा हुँदैन तर हामी चाँडै यो पूरै सम्पन्न गर्न लागि परेका छौँ”, उहाँले भन्नुभयो ।

    पुल निर्माणका सल्लाहकार दत्त लिम्बूले केही समय अगाडि खानेपानीको पाइप विस्तार गर्ने क्रममा जीर्ण अवस्था बनेको पुलको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम थालिएको बताउनुभयो । यसअघि निर्माण सुरु भए पनि पूर्णताः पाउन नसकेको उक्त पुलप्रति चिन्ता व्यक्त गर्दै स्थानीयस्तरमा श्रमदानबाट पुनर्निर्माण गर्ने योजना बनाएर सोहीअनुसार काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    “विशेषगरी वर्षायाममा स्थानीय र बालबालिकाले भोग्नुपरेको जोखिमपूर्ण अवस्थाले आफूहरूलाई भावुक बनाउँछ”, उहाँले भन्नुभयो, “बर्खाको समयमा बालबालिकाको परीक्षा पर्ने भएकाले विद्यार्थी विद्यालय पुग्नैपर्ने बाध्यता हुन्छ, तर खोला तर्न निकै कठिन हुने अवस्था रहँदै आएको थियो । अब त्यो समस्या अन्त्य हुनेछ ।”

    स्थानीय तथा बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै करिब ५० मिटर लामो फलामे पुल निर्माण भइरहेको उहाँको भनाइ छ । पुल निर्माणका लागि आवश्यक फलाम र तारजाली भने विभिन्न दाताबाट सङ्कलित रकमबाट खरिद गरिएको उहाँले बताउनुभयो ।

    स्थानीय सरस्वती राईले पुल अभावमा धरान बजारसम्म पुग्नसमेत ठूलो कठिनाइ भोग्नुपरेको बताउनुभयो । “हिउँदमा भन्दा बर्खामा बढी कृषि उत्पादन हुन्छ, तर उत्पादित वस्तु बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको थियो । अब पुल निर्माणपछि यो समस्या अन्त्य हुनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

    “वर्षायाममा खोलामा आउने बाढीले आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने र बालबालिकालाई विद्यालय पठाउनसमेत डर लाग्ने अवस्था छ अहिले यो पुल निमार्णको निम्ति हामी आफैँ पनि श्रमदान गरिहेका छौँ”, उहाँले भन्नुभयो । बर्खामा खोला तर्न समस्या हुने गरेकाले बालबालिकालाई विद्यालय पठाउन पनि सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । “असम्भवजस्तो देखिने कुरा पनि श्रमदानबाट असम्भव हुने रहेछ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.