सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु


  •    न्युजभित्तो/१८ बैशाख २०८३, शुक्रबार १३:०२ 
  • गोरखा, १८ वैशाख । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा धपाउँदै लेकतिर उक्लेका छन् । चुमनुब्री गाउँपालिका–३ पाङसिङका गोठालाहरु हजारौं भेँडाबाख्रा धपाउँदै लेकतिर लागेको जगतका लक्ष्मण कार्कीले बताउनुभयो । 

    चुमनुब्री–३ पाङसिङ गोरखाकै सबैभन्दा धेरै भेँडापालन गर्ने गाउँ हो । हिउँद लाग्न थालेपछि लेकबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लम्जुङतिर लगिएका र आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङसम्म पु¥याइएका भेँडाबाख्रालाई अहिले फर्काएर लेकतर्फ लैजान थालिएको उहाँले बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ, “दैनिक तीन÷चारसय जति भेँडाबाख्रा लेकतिर लागेका छन्, शनिबार मात्रै पनि करिब चारसय भेँडाबाख्रा उकालो लागेका छन् ।” 

    पाङसिङ, सिर्दिबास, न्याकफेदी, घट्टेखोला, नाग्चेतलगायत क्षेत्रका करिब ७० घरधुरी किसानले भेँडाबाख्रा पालन गरेका चुमनुब्री–३ का अध्यक्ष रामकुमार गुरुङको भनाइ छ । “भेँडाबाख्रा बेशीबाट गाउँमा ल्याउन थालेको केही दिन भयो । बिस्तारै पाङसिङबाटमाथि उकाल्न सुरु हुन्छ”, उहाँले भन्नुभयो, “अहिले लेक लगेपछि एकैचोटी कात्तिक, मङ्सिरमा तल झार्छ ।”

    लेकबाट बेशी झार्ने र बेशीबाट लेक लैजाने गोठालाहरुको मौलिक परम्परा छ । “लेकको गोठबाट वेशी साइत हेरेर झार्ने गर्छन् । लेकको गोठबाट पनि एकै दिनमा बेशी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइ पु¥याउँछन्”, पाङसिङका विकास गुरुङले भन्नुभयो, “बेशीबाट लेक लैजान पनि धेरै समय लगाउँछन् । अनि गाउँमा झारिसकेपछि यहाँबाट अन्यत्र लैजानचाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ ।” जेठ दोस्रो सातासम्ममा भेँडाबाख्रा लेकको गोठमा पु¥याइन्छ । 

    भेँडाबाख्रा पालन गर्ने किसान धेरै भएकाले चुमनुब्री गाउँपालिका–३ मा गोठालालाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ । “गोठालाहरुलाई प्रोत्साहन गर्न बाटो मर्मत, खानेपानीको व्यवस्था, त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गर्ने गरेका छौँ”, वडाअध्यक्ष गुरुङ भन्नुभयो, “गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयम्को २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रम बर्सेनि गर्ने गर्छौँ ।”

    पालिकाले भेँडाबाख्रा पालन गर्ने किसानलाई प्रोत्साहन दिन कार्यक्रम गरिरहे पनि बर्सेनि भेडाबाख्रा पालन गर्ने किसानको सङ्ख्या भने घट्दो रहेको उनको भनाइ छ । 

    गोठालाहरुलाई प्रोत्साहन स्वरुप चुमनुब्री गाउँपालिकाले यस वर्ष घुम्ती गोठ सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । कार्यक्रममा नौ वटा पशु फार्मका करिब १५० जना आबद्ध रहेको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.