banner news

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उहाँलाईए शपथ गराउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई...

पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
-न्युजभित्तो

गण्डकी, ३१ वैशाख । पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२,...

उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । छलफलमा भाग लिँदै सांसद चन्द्रबहादुर...

आलेख: संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख
-न्युजभित्तो

भक्तपुर, ३१ वैशाख । विश्वमै दुर्लभ मानिएको नेपाल कै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा रहेको छ ।  चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवं खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक...

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको व्यहोरा जानकारी गराउनुभयो । छलफलमा भाग लिँदै...

सडक दुर्घटना, सुकुमवासी र नागरिक सुविधाबारे राष्ट्रियसभामा बहस
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख...

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरुले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरूले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने माग पनि गर्नुभएको छ । बैठकमा...

पशुपालनमा रमाइरहेका सापकोटा
-न्युजभित्तो

गलकोट (बागलुङ), ३१ वैशाख । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आउनुभएको बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो । यद्यपि, उहाँले कोरोना महामारीको खराब परिस्थितिलाई अवसरमा बदल्दै गाउँमै कृषि तथा पशुपालन व्यवसाय सुरु...

वन्यजन्तुका डरले बसाइँसराइ
-न्युजभित्तो

चैनपुर (बझाङ), ३१ वैशाख । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भदौ महिनाको अन्तिम साता आसपास पशुचौपायाका गोठहरू बेँसीतिर सार्ने चलन छ । यसरी बेँसी झर्दा तिनलाई पछ्याउँदै वन्यजन्तुहरू पनि तल झर्न थाल्छन् । आहाराको खोजीमा चितुवा, भालु, स्याललगायत वन्यजन्तु...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका...