सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार १२:२७ 
  • काठमाडौँ, ३१ वैशाख । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरुले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    उहाँहरूले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने माग पनि गर्नुभएको छ । बैठकमा सांसद नितिमा कार्की भण्डारीले सर्लाहीमा सर्पको टोकाइको असरबारे चिन्ता व्यक्त गर्नुभयो भने सांसद अङ्किता ठाकुरले सप्तरीमा भीषण आगलागीबाट छ परिवारको घरमा क्षति भएको बताउनुभयो । उहाँले एक महिनाभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भएकामा सरकारलाई धन्यवाद दिनुभयो ।

    सांसद निष्कल राईले मुलुकको कार्यकारी प्रमुखले सदनका काम कारवाहीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद ऐनबहादुर महरले पनि संसदप्रति सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । सांसद खुश्बु ओलीले लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास मात्र नभई निरन्तर संवादको प्रणाली पनि हो भन्नुभयोे । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.