सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक दुर्घटना, सुकुमवासी र नागरिक सुविधाबारे राष्ट्रियसभामा बहस


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार १२:३६ 
  • काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पहाडी क्षेत्रमा सडक सुरक्षा कमजोर हुनु, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा प्रभावकारी अनुगमनको अभाव मुख्य समस्या रहेको बताउनुभयो । उहाँले यस्ता दुर्घटना न्यूनीकरणका लागि सरकारले समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

    सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई कानुनले व्यवस्था गरेका सेवा, सुविधा र अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

    सांसद पूजा चौधरी, विष्णुकुमारी सापकोटा र श्रीकृष्णप्रसाद अधिकारीले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै व्यवस्थित बसोबास र आधारभूत आवश्यकता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँहरूले सुकुमवासीको जीवनस्तर सुधारका लागि दीर्घकालीन योजना ल्याउन आग्रह गर्नुभयो ।

    यसैगरी, सांसद रेणु चन्दले सिंहदरबार परिसरभित्र पैदल आवतजावत गर्ने सांसद तथा सर्वसाधारणलाई सहज हुने गरी दक्षिण गेट खुला गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सांसद सावित्री मल्लले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पुरानै शैलीमा आधारित रहेको टिप्पणी गर्नुभयो । त्यसैगरी सांसद विष्णुबहादुर विश्वकर्मा र रुक्मणी कोइरालाले पनि समसामयिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.