सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार १४:०९ 
  • गण्डकी, ३१ वैशाख । पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।

    तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो । महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।

    उहाँका अनुुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातरको ।वर्षाले केही असर भने पु¥याएको उहाँले बताउनुभयो । 

    “स्थानीय उत्पादनको प्रवर्द्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ”, उहाँले भन्नुुभयो । कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहको तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको छ ।

    पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा न। १३ कार्यालयको  आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुुसार मेलाका अवसरमा तरुबजासम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा हुनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.