banner news

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो ।  जिल्ला ट्राफिक कार्यालयका...

मत्स्यनारायणमा भक्तजनको घुइँचो
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हरेक तीन वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ । यो...

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उहाँले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण एवं विकासमा...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
-न्युजभित्तो

चितवन, १ जेठ । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले...

चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
-न्युजभित्तो

चितवन, १ जेठ । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन । गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरीे शवगृह भरतपुर...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
-न्युजभित्तो

दमौली (तनहुँ), १ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले ९७ मिटर लम्बाइको क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण गर्ने भएको छ । करिब रु एक अर्ब ४० करोड लागतमा निर्माण हुने स्काइ वाक आगामी दुई वर्षभित्र व्यवसायिक...

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गर्नुभएको हो । त्यसअवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’...

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् । शिक्षालयबाट ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले ‘एड्भान्स’ तालिम र १२०...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
-न्युजभित्तो

लमजुङ, १ जेठ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर...