सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड


  •    न्युजभित्तो/३१ बैशाख २०८३, बिहीबार १२:४५ 
  • काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    छलफलमा भाग लिँदै सांसद चन्द्रबहादुर केसीले नेपाली श्रमशक्ति निरन्तर विदेशिने र गाउँबस्ती रित्तिँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिने विषयमा नीति तथा कार्यक्रम प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो ।

    सरकारले चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको वाचापत्रअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले विदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्छ भन्नुभयो ।सांसद केसीले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा नीति तथा कार्यक्रममा स्पष्टता नभएको बताउनुभयो ।

    सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रममा केही सकारात्मक पक्ष भए पनि जनअपेक्षाअनुसारका विषय समेटिन नसकेको बताउनुभयो । उहाँले दिगो विकास हासिल गर्ने स्पष्ट नीति अभाव रहेको उल्लेख गर्दै उद्यमी तथा मध्यमवर्गलाई कर छुट दिने व्यवस्था सकारात्मक रहेको बताउनुभयो ।

    सांसद राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने स्पष्ट नीति आवश्यक रहेको बताउँदै तीनखम्बे अर्थनीतिको विषय नीति तथा कार्यक्रममा उल्लेख नभएको टिप्पणी गर्नुभयो । साथै सामाजिक न्याय र लोककल्याणकारी राज्यको अवधारणा पनि नीति तथा कार्यक्रममा पर्याप्त रूपमा नसमेटिएको उहाँको भनाइ थियो ।

    यसैगरी, सांसद रामकुमारी झाँक्रीले नीति तथा कार्यक्रममा बुँदा घटाइएको र पुरानै विषयको निरन्तरता मात्रै देखिएको बताउनुभयो । उहाँले सुशासन र आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रसहित बजेट आउनुपर्ने धारणा राख्नुभयो ।

    सांसद झाँक्रीले भू–उपयोग सम्बन्धी कानुन संशोधन गरी सिँचाइ व्यवस्थालाई प्रभावकारी बनाउने तथा भूमिको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छुटेका बालबालिकालाई आज नियमित खोप दिइँदै
    योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह
    सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ
    • पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
    • उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड
    • आलेख: संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख
    • प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.