काठमाडौँ, ३१ वैशाख । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा सभामुख अर्यालले नवनियुक्त उहाँलाईए शपथ गराउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा श्री अधिकारीलाई बुधबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको हो । सचिव अधिकारीले आजैदेखि कार्यभार पनि सम्हाल्नुभएको छ । रासस