सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार १६:२३ 
  • चितवन, १ जेठ । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिनुभयो । 

    सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दोष व्यक्ति सङ्क्रमित हुने गरेको डा पौडेलले बताउनुभयो । जिल्लामा रहेका सङ्क्रमितमध्ये ६१६ जना पुरुष, ५९८ जना महिला, २८ जना बालबालिका र १८ जना तेस्रोलिङ्गी रहेका छन् ।  

    अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामीमध्ये चितवनका ८६८ जना, नवलपरासीका २६७ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र तराई भेगका ३७ जना रहेको डा पौडेलले जानकारी दिनुभयो । 

    चितवन जिल्लाका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका ४७७ जना, रत्ननगरका १०१ जना, खैरहनी नगरपालिकाका ६१ जना, राप्ती नगरपालिकाका ५९ जना, कालिका नगरपालिकाका ५६ जना, इच्छाकामना गाउँपालिकाका १३ जना, माडी नगरपालिकाका १२ जना रहेका छन् । डा पौडेलले भन्नुभयो, “सरकारी स्वास्थ्य संस्थामा ‘कण्डम’ वितरणमा कमी आउँदा समस्या आएको हो, एचआइभी एड्स न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धिसहित एकीकृत कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।” 

    एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०२६ मा मात्र ७१ जना नयाँ एचआइभी एड्स सङ्क्रमित औषधि सेवन गर्न आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.