सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार १४:३९ 
  • दमौली (तनहुँ), १ जेठ । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले ९७ मिटर लम्बाइको क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण गर्ने भएको छ ।

    करिब रु एक अर्ब ४० करोड लागतमा निर्माण हुने स्काइ वाक आगामी दुई वर्षभित्र व्यवसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

    विश्वस्तरीय प्रविधिमा आधारित ९७ मिटर लामा क्यान्टिलिभर ग्लास स्काइ वाक एकैपटक प्रति घण्टा एक हजार जना पर्यटकले प्रयोग गर्न सक्ने क्षमतायुक्त हुनेछ । विशेष प्रकारको स्मार्ट ग्लास प्रविधि प्रयोग गरिने भएकाले स्काइ वाकमा हिँड्दा सीसा चर्किएका अनुभूति समेत पर्यटकले प्राप्त गर्नेछन् ।

    परियोजनाअन्तर्गत दुई सय मिटर गहिराइबाट सञ्चालन हुने बञ्जी जम्प, दुई सय मिटर लामो सोप स्वीङ, अत्याधुनिक जीप कोस्टर, आकाशमै भोजन गर्ने सुविधासहितको फ्लाई डाइनिङ तथा विद्यार्थी र बालबालिकाका लागि आधुनिक प्रविधियुक्त प्लानेटरियम निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    यस्तै रु एक अर्ब ७० करोड बराबरको एकीकृत पर्यटन पूर्वाधार विकास योजनाअन्तर्गत नेपालकै अग्लो ५५ मिटर क्याप्सुल लिफ्ट, स्काइ ग्लास डेक, मेटल क्लाइम्बिङ, रक क्लाइम्बिङ, भ्यूज रूम तथा १४० फिट अग्लो आदियोगी शिवको मूर्तिसहित आदियोगी पार्क निर्माण गरिरहेको जनाइएको छ ।

    परियोजनामा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, आरकेडी होल्डिङ्स लिमिटेड, पन्चासे नेक्सस इन्फ्रा लिमिटेड लगायतका संस्थागत लगानीकर्तासहित करिब एक हजार पॉच सय जना लगानीकर्ताको सहभागिता रहेको प्रबन्ध सञ्चालक पोष्टबहादुर खड्काले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यो परियोजनाले नेपाललाई विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

    सञ्चालक रेखा बानियाँले यस परियोजनाले बन्दीपुरको पर्यटन क्षेत्रलाई थप गुलजार बनाउने विश्वास व्यक्त गर्नुभयो । सञ्चालक एवं बन्दीपुर गाउँपालिकाका पूर्वअध्यक्ष पूर्णसिंह थापाले यस परियोजनाले बन्दीपुरलाई अन्तरराष्ट्रिय क्षेत्रमा नयाँ पहिचान दिलाउने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.