सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना


  •    न्युजभित्तो/३ जेष्ठ २०८३, आईतवार ११:४० 
  • वीरगञ्ज (पर्सा), ३ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत आज यहाँ जनचेतनामूलक कार्यक्रम गरिएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि आज वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिएको हो । 

    जिल्ला ट्राफिक कार्यालयका प्रमुख युवराज कटवालले सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै साइकलयात्री तथा रिक्साचालकलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो ।

    “सवारी दुर्घटना परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ लागिरहेका छौँ,” उहाँले भन्नुभयो, “कार्यालयले ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छौँ । विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक जनचेतना कार्यक्रम गर्दै आइरहेका छौँ ।” 

    सो कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता÷श्रीपुर र वीरगञ्ज युवा समाजको समन्वयमा सो सचेतनामूलक कार्यक्रम सहभागी भएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खैरहनीका मुसहर र बोटे बस्तीका ८६ घरधुरीमा निःशुल्क खानेपानी धारा जडान
    प्रतिनिधिसभा विशेष समय: सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
    सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
    • सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
    • शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम
    • कांग्रेस वरिष्ठ नेता श्रेष्ठको अन्त्येष्टि
    • ‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.