सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार १४:२० 
  • काठमाडौँ, १ जेठ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् ।

    शिक्षालयबाट ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले ‘एड्भान्स’ तालिम र १२० जनाले ‘रोप रेस्क्यु’ तालिम लिएका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।

           

    मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेस्थित तीन हजार ४२० मिटर उचाइमा सो शिक्षालय अवस्थित छ । विसंं।२०७७ मा चामेमा स्थापना भएको उक्त शिक्षालय २०७८ वैशाखदेखि ङिस्याङ गाउँपालिकाको स्थानान्तरण भएकोे हो ।

    शिक्षालयमा सञ्चालित सिसं २ उच्च भू–भाग खोज तथा उद्धार तालिम गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा वैशाख ३१ गते सम्पन्न भएको थियो । शिक्षालयमा बिहीबार आयोजित कार्यक्रममा उहाँले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    शिक्षालयबाट तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गत कात्तिकमा हिमपहिरोमालगायत विषम अवस्थामा  रहेका एक हजार ५०० जनाको सकुशल उद्धार गरेको थियो ।

    यसैबीच, शिक्षालयका चार जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीले गत वैशाख २९ गते छ हजार ३८ मिटर अग्लो ‘चुलु फार इस्ट’ हिमालको सफल आरोहण गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.