सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन


  •    न्युजभित्तो/१ जेष्ठ २०८३, शुक्रबार १५:५० 
  • चितवन, १ जेठ । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन । गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरीे शवगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

    महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा सहज रूपमा शव दहन नभएपछि समस्या उत्पन्न भएको हो । “कतिपय शव एक घण्टामा दहन भएका थिए भने कतिपय आठ-नौ घण्टामा पनि दहन हुनसकेको थिएन । लामो समयसम्म शवगृहमा राख्दासमेत नपोलिएपछि यहाँ आएका मलामीले आक्रोश व्यक्त गर्दै तोडफोडसमेत गरेका थिए । यससँगै बन्द भएर मर्मतसम्भार थालिएको शवगृह सञ्चालनमा आएको छैन”, उहाँले भन्नुभयो ।

    महानगरपालिकाले १६ जना ‘स्वीपर’लाई शव दहनसम्बन्धी तालिम दिएको थियो । उहाँहरूले तालिम लिए पनि प्रभावकारी हुन नसकेको थपलियाले बताउनुभयो । शव दहन गर्ने उपकरण चलाउन प्राविधिक जनशक्ति आवश्यक पर्ने जनाउँदै उहाँले त्यस्तो जनशक्ति पाउन कठिन भएपछि नियमित सञ्चालनमा समस्या भएको उल्लेख गर्नुभयो ।

    शवदाह गृह जडान गरेका निर्माण कम्पनीले मर्मत गरिएको पत्र महानगरलाई प्राप्त भएको भन्दै जनाउँदै विपद् शाखा प्रमुख थपलियाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार जनशक्तिको अभाव हुने, चौबिसै घण्टा जनशक्ति राखेर उपकरण तताउँदा खर्चिलो हुने, धुवाँ स्थानीय बस्तीमा जाँदा गुनासो बढेकोलगायत समस्या देखिएपछि बृहत् छलफल गरेरमात्र निर्णय लिने पक्षमा महानगरपालिका छ ।

    महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले बोलपत्र आहवान गरेर शवदाहको जिम्मेवारी दिन लागिएको बताउनुभयो । महानगरले जारी गरेको बोलपत्रपछि एउटा निजी फार्मले प्रस्ताव पेस गरेको जनाउँदै उहाँले कुनै संस्थाले जिम्मेवारी स्वीकारेमा सहज हुने भएकाले सोहीअनुसार त्यस्तो संस्थाको खोजी भइरहेको बताउनुभयो ।

    निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको थियो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको थियो । गृहमा दुईवटा शवदाह गर्ने उपकरण जडान गरिएको छ भने चार वटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरिएको जनाएको छ । देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट यहाँ शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । सहज रूपमा शवदाहस्थल सञ्चालन हुनसकेमा दाउराको समस्या र वर्षात्मा शवदाह गर्दा हुने समस्या समाधान हुनेछ । यसले बेवारिसे शवको अन्त्येष्टिका लागि पनि सहयोग पुग्ने स्थानीय बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.