राष्ट्रिय

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ मा ४५२ लाई विभूषित गर्नुहुने,
-न्युजभित्तो

काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी...

निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि
-न्युजभित्तो

काठमाडौँ, २९ चैत । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा...

सोमबार प्रदेश २ सभाको बैठक बस्दै
-न्युजभित्तो

धनुषा, २९ चैत । प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ। प्रदेशसभा संसद् सचिवालयका...

रुपन्देहीका बालबालिकामा बढी भेटिन थाल्यो कोरोना संक्रमण
-न्युजभित्तो

रुपन्देही २९ चैत । रुपन्देहीमा शुन्यमा झरेको कोरोना भाइरको संक्रमण विस्तारै बढ्न थालेको छ । केही दिनयता दिनहुँ कोरोना भाइरसको संक्रमित भेटिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । छिमेकी देश भारतमा तीव्र गतिमा बढेको संक्रमणका कारण खुला सीमा...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

झापा, २९ चैत  । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते
-न्युजभित्तो

लहान,२९ चैत । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो । सो क्रममा मृतक...

प्रधानमन्त्री ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने
-न्युजभित्तो

चितवन,२९ चैत । चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ । तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु...

कुनै पनि वडालाई राजनीतिक भेदभाव भएको छैन : भरतपुर महानगरपालिका प्रमुख दाहाल
-न्युजभित्तो

चितवन, २९ चैत । सुर्योदय टोल विकास संस्थाको आयोजनामा जेष्ठ नागारिक सम्मान कार्यक्रम शनिबार भरतपुर १५स्थित श्री आधारभूत बिधालय सुर्यनगरमा सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाकि प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १५का वडाअध्यक्ष...

रामपुरमा म्याजिक भ्यान दुर्घटना २ को मृत्यु, ७ घाइते
-न्युजभित्तो

चितवन, २९ चैत । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ रामपुरमा आज आईतबार बिहान म्याजिक भ्यान अनियंत्रित भई कल्भडको डिलमा ठोकिन पुग्दा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा नाम,थर,वतन नखुलेका बर्ष अन्दाजी...

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,२९ चैत्र ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीकाे बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी...