काठमाडौं,२९ चैत्र । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि पदाधिकारीकाे बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, आफ्नो नेतृत्वमा नयाँ सरकार गठन र विपक्षी दलहरुबीच जारी परामर्शबारे छलफल हुने बताइएको छ ।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे पनि आजको पदाधिकारी बैठकमा छलफल गर्ने तयारी छ । कांग्रेसले १४औं महाधिवेशन भदौ ७ गतेदेखि गर्ने कार्यतालिका बनाएको छ भने ७१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम भैरहेका छन्।
यस्तै, दुई दिनअघि माओवादी केन्द्र र जसपासँग सत्ता समीकरणका लागि कांग्रेसले छलफल गरेको थियो। उक्त बैठकमा काँग्रेसले नयाँ सरकार गठनका लागि सघाउन खुला प्रस्ताव राखेको थियो । माओवादी केन्द्र सकारात्मक देखिए पनि जसपाले निर्णय गर्न केही दिनको समय माग गरेको थियो ।