सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार ११:३० 
  • चितवन,२९ चैत । चितवनको माडी अयोध्याधामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बनाउन लगाएका भगवान राम र सीताका मूर्ति रामनवमीको अवसर पारेर स्थापना गरिने भएको छ । तयार गरेर प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु माडी अयोध्याधाममा आगामी वैशाख ८ गते एक कार्यक्रमसहित अनावरण गर्न लागिएको हो ।

    त्यसका लागि माडीमा आवश्यक तयारी गरिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए । प्रधानमन्त्री कार्यालय बालुवाटारमा रहेका मूर्तिहरुलाई वैशाख ७ गते स्वस्तिवाचनसहित प्रधानमन्त्री ओलीले हस्तान्तरण गरी रथयात्रासहितको धार्मिक र्याली निकालेर देवघाटमा ल्याएर राखिनेछ । भोलिपल्ट चैत ८ गते माडी अयोध्याधाममा लगेर अनावरण गरिने वागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।

    वैशाख ७ गतेबाट नै माडी अयोध्याधाममा धार्मिक कीर्तन हुने र वैशाख ८ गते धार्मिक पुरोहितहरुको सहभागिता तथा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको हो । अहिले मूर्ति राख्ने ठाउँमा राममन्दिर बनाउने काम चलिरहेको छ । ‘अहिले मन्दिरको काम द्रुत गतिमा अघि बढेको छ’ प्रचार समिति संयोजक दवाडीले भने, ‘अहिले तत्काल सामान्य खालको मन्दिर बन्छ, पछि हामी यसलाई भव्य र विशाल बनाउँछौं ।’ माडी नगरपालिका वडा नं. ९ मा पर्ने अयोध्याधाममा डीपीआर निर्माणको कामसमेत अघि बढेको छ ।

    रामनवमीमा माडी अयोध्याधाममा मेलासमेत लाग्नेछ । मेलामा नेपाल बाहिरबाट पनि भक्तजनहरुको सहभागिता रहने भएकाले तयारी पनि सोही अनुसार गरिएको अयोध्याधाम प्रचार समिति संयोजक दवाडीले जानकारी दिए । प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि यो क्षेत्र एकाएक चर्चामा आएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.