सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुनै पनि वडालाई राजनीतिक भेदभाव भएको छैन : भरतपुर महानगरपालिका प्रमुख दाहाल


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार ११:०८ 
  • चितवन, २९ चैत । सुर्योदय टोल विकास संस्थाको आयोजनामा जेष्ठ नागारिक सम्मान कार्यक्रम शनिबार भरतपुर १५स्थित श्री आधारभूत बिधालय सुर्यनगरमा सम्पन्न भएको छ।

    भरतपुर महानगरपालिकाकि प्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १५का वडाअध्यक्ष शम्भु बहादुर भण्डारी,भरतपुर १४का वडाअध्यक्ष ओमप्रकाश पोख्रेल,भरतपुर १९का वडाअध्यक्ष कर्ण बहादुर गुरुङ बिशिस्ट अतिथी रहनुभएको कार्यक्रममा श्री आधारभूत बिधालय सुर्यनगरका प्रधानध्यापक शिवराम ढुंगाना,नेपाली कांग्रेस भरतपुर १५ का सभापति धर्मराज आचार्य,ने.क.पा.माओवादी केन्द्रका अध्यक्ष आकाश थापा लगायत स्थानीय समाजसेवीहरु अतिथि रहनुभएको थियो।

    सो कार्यक्रम बोल्दै भरतपुर महानगरपालिकाकि प्रमुख दाहालले आफु महानगर प्रमुखमा बिजयी हुने बित्तिकै सबैभन्दा पहिला जेष्ठ नागरिकहरु,महिला वर्गहरुको लागि भरतपुर सरकारी अस्पतालमा ओ.पि.डि.शुल्क निशुल्क गरेको बताउदै अपांगता भएकाहरुको लागि अपांगता भत्ताको लागि कुनै पनि वडा बाट सिफारिस नदिएको मा छिटो भन्दा छिटो सिफारिस बनाएर महानगरमा पठाउन को लागि वडाअध्यक्षलाई ध्यानाकर्षण गराउनु भएको छ। प्रमुख दाहालले भन्नुभयो जेष्ठ नागरिकहरुलाइ दिन कटाउन सहज बनाउन महानगरपालिकाले आफ्नो नीति कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक भवन बनाउन थालनी गरी काम अगाडि बढेको बताउदै भरतपुर १५ नं वडामा जनप्रतिनिधिले खासै चासो नदेखाए पनि विकासका काम अब तीव्र गतिमा अगाडी बढ्ने समेत बताउदै आफू महानगपालिकाको प्रमुख भई रहदा कुनै पनि वडालाई राजनीतिक भेदभाव नगरी समान नजरले हेरेको बताउनु भयो।

    सो सम्मान कार्यक्रममा सुर्योदय टोल विकास संस्था भित्र रहेका ६०भन्दा बढी जेष्ठ नागारिकलाई सम्मान गर्दै अशक्त ४जनाको लागि ह्विवल चियर समेत वितरण गरिएको थियो सो कार्यक्रम यसै टोल विकास संस्थाका अध्यक्ष चन्द्रप्रसाद वुर्लाकोटीको सभापतित्वमा सम्पन्न भएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.