राष्ट्रिय

अयोध्याधाममा निर्माणका कार्यहरु तीब्र
-न्युजभित्तो

माडी ३१ चैत । माडी नगरपालिकाको अयोध्याधाममा राम,सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु स्थापना गरिने भएपछिे निर्माणका कार्यहरु तीब्र रुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राखिएका मूर्तिहरु आउँदो चैत गते ८ भव्य कार्यक्रमसहित अनावरण गर्ने कार्यतालिका सार्वजनिक...

पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले
-न्युजभित्तो

बलेवा, ३१ चैत  । कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्”, रेश नुन्थला मावि काठेखोला गाउँपालिका–७ रेशका प्रधानाध्यापक ओमबहादुर थापा भन्नुहुन्छ, “कक्षा कोठामा...

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक कालोपत्र गर्ने काम सम्पन्न
-न्युजभित्तो

भिमेश्वर, ३१ चैत ।  नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट...

सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने,आज उप-प्रधानमन्त्रीले देशबासीलाई अपील गर्ने
-न्युजभित्तो

काठमाडौं, ३१ चैत ।  मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपील...

दोलखामा जीप दुर्घटना एकै वडाका चार जनाको मृत्यु, १७ घाइते
-न्युजभित्तो

काठमाडौं, ३१ चैत  । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन...

टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु
-न्युजभित्तो

इटहरी ३० चैत । टिपरको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएपछि इटहरी चोकमा प्रदर्शन भएको छ । मृतकका आफन्तले इटहरीको मुख्य बजारमा टायर बाल्नुका साथै इलाका प्रहरी कार्यालयअघि धर्ना बसेका छन् । आक्रोशित स्थानीयले पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन् । ००१...

नेपाली युवा क्रिकेट टोलीलाई चौधरी ग्रुपको साथ
-न्युजभित्तो

काठमाडौँ ३० चैत । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ...

अझै मेलम्चीको पानी वितरण भएन
-न्युजभित्तो

काठमाडौँ, ३० चैत । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी वितरण...

जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड : सञ्चारमन्त्री गुरुङ
-न्युजभित्तो

काठमाडौं ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने...

हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने
-न्युजभित्तो

काठमाडौँ, ३० चैत । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ । समाजको नुवाकोटमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको महासचिव रामकृष्ण बरालले...