सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँ उवासङ्घका अध्यक्षमा श्रेष्ठ विजयी


  •    न्युजभित्तो/५ बैशाख २०७८, आईतवार १०:२४ 
  • तनहुँ, ५ वैशाख ।  तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

    जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी हुनभएको हो । उहाँका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी हुनुभएको हो । सो अवसरमा २३ मत बदर भएको थियो ।

    अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता गरिसक्नुभएको थियो । सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य सङ्ख्या रहेको सङ्घका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिनुभयो ।

    सङ्घको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन हुनुभएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.