राष्ट्रिय

सुनको मूल्य दैनिक उकालो लाग्दै
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख। बर्षको दोस्रो दिन पनि सुनको मूल्य वृद्धि कायम नै भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । विहीबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयामा कारोबार भएको थियो । आज...

‘देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् :नेकपा अध्यक्ष ‘प्रचण्ड’
-न्युजभित्तो

काठमाडौं , ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै राष्ट्रहितविपरीतका गतिविधिहरू भइरहेको आरोप लगाएका छन् । यसबाट नेपाल र नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको उनको टिप्पणी छ । वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता...

व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा चार युवक पक्राउ
-न्युजभित्तो

जलेश्वर, ३ वैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल...

चितवनमा सवारी दुर्घटनामा वर्षभरिमा ११६ जनाको मृत्यु, ६१२ घाइते
-न्युजभित्तो

चितवन, ३ वैशाख । गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख...

श्रेष्ठ हार्डवयर पसलमा आगलागी
-न्युजभित्तो

गलकोट, ३ वैशाख ।बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ...

कर्णाली सरकारले विश्वासको मत नपाउने, एमालेका यमलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुल्दै
-न्युजभित्तो

सुर्खेत, ३ वैशाख । कर्णाली प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता पछि वहुप्रतीक्षित प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो वैठक आज दिउँसो दुई बजे बस्ने भएको छ । कर्णाली प्रदेश कर्णाली प्रदेश...

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने
-न्युजभित्तो

कास्की, ३ वैशाख । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । साविकको...

बलात्कार प्रयास गर्ने साउद पक्राउ
-न्युजभित्तो

सिमकोट, ३ वैशाख । हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न...

सप्तरीमा हात्तीको आक्रमणबाट किसानको मृत्यु
-न्युजभित्तो

सप्तरी, ३ वैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिनुभयो...

चितवन सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित घोषणा, विद्यालय नजान अपिल
-न्युजभित्तो

चितवन, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा पारेको छ । मन्त्रालयले चिततवन, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति...