राष्ट्रिय

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री
-न्युजभित्तो

बागमती, ३ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा (एमाले)संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको...

नेपालमा थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२ भदौ । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो...

बाग्मतीमा मुख्यमन्त्री हेरफेर : डोरमणिले राजीनामा दिने,अष्टलक्ष्मी बन्ने सहमति
-न्युजभित्तो

काठमाडौं,२ भदौ । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले...

कैद र लाखौँ जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु...

पोखरा अल्ट्रालाइटले उडान सुरु गर्दै
-न्युजभित्तो

पोखरा, २ भदौं । कोभिड–१९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड–पुतली जहाज० लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान...

विधान संशोधनका लागि एमालेद्वारा मातहतका कमिटीसँग सुझाव माग
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ । यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन...

एमालेको अवरोधपछि आज पनि लुम्बिनी प्रदेशसभा स्थगित
-न्युजभित्तो

बुटबल,२ भदौं । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ । बुधबार बैठक शुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यले उठेर बिरोध जनाएका थिए । बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही...

सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द
-न्युजभित्तो

कर्णाली, २ भदौ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ । सात कर्मचारीमा सङ्क्रमण र अन्य कर्मचारी टेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख जनकबहादुर हमालले...

कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा
-न्युजभित्तो

नारायणप्रसाद घिमिरे काठमाडौँ, २ भदौ । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाँै कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै...

पदमुक्त नगर्न माग गर्दै १४ सांसद संसद सचिवालयमा निवेदन
-न्युजभित्तो

काठमाडौं, २ भदौ । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । सरकारले...