सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोटको विजय एफएम १८ औँ वर्षमा


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार १६:३७ 
  • गैँडाकोट, ५ भदौ । विजय एफएम १०१.६ शनिबारदेखि गौरवमय १८ औँ वर्षमा प्रवेश गरेको छ ।

    विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो ।

    जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको यस रेडियोले ‘सत्य–तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावनालाई आत्मसात् ना कार्यक्रमहरूलाई अघि वढाएको छ ।
    रेडियोले सत्र वर्षको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ ।

    वार्षिकोत्सवको पूर्व सन्ध्यामा रेडियोले विगतका वर्षहरुमा विभिन्न संघसंस्थासंग अन्र्तक्रिया गर्दै समाजको आवश्यकता र समस्याका बारेमा अन्तक्रिया गर्दै आएको थियो । कोभिड १९ को कहरका बीच भौतिक रुपमा स्रोता आफन्त समक्ष जान असमर्थ रहेपनि रेडियो र आवाजका माध्यमबाट जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको संस्थाका अध्यक्ष भूमिराज चापागाईंले बताउनुभयो ।

    कोरोना त्रासका बीच भव्य कार्यक्रम गर्न नसकिएको जनाउँदै उहाँले रेडियोलाई यस स्थानसम्म ल्याई पुयाउन सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ । अध्यक्ष चापागाईंले सामुदायिक रेडियोले यस वर्ष जनस्वास्थ्यका सवालहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनुभएको छ ।

    रेडियोले अहिले पनि विजय विकास स्रोत केन्द्रसंगको सहकार्यमा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम उत्पादन गरेर जिल्ला अन्य संचारमाध्यमबाट प्रसारण गर्दै सचेतना फैलाउने काम गरिरहेको सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो । म्यानेजर उपाध्यायले कोभिड १९ का कारण समुदाय नराम्रोसंग प्रभावित बनिरहेको अवस्थामा कोभिड पछि अवस्था र कोभिड न्यूनिकरणका लागि रेडियोसंग हातेमालो गरेर अघि बढ्न सबै संघसंस्थालाई आग्रह समेत गर्नुभएको छ ।

    सामुदायिक रेडियो तथा पत्रिकाले अहिले पनि शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
    मेरो, तपाईंको र हामी सबैको सामुदायिक रेडियो विजय एफएम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत १७ वर्षदेखि अनवरतरूपमा रेडियो तरङ्गमार्फत सेवा पुयाउँदै आएको छ ।

    स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्त र अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।

    यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुवै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आएको विजय एफएम तथा विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागार्इंले बताउनुभयो ।

    कोभिड १९ का कहरकाबीच रेडियो सञ्चालनमा चुनौती भएपनि व्यवसायिक पत्रकारिताको सुरक्षा र व्यवस्थापनका लागि आफुहरु कटिवद्ध र सचेत रहेको संस्थाका सचिव गिरिराज लम्सालले बताउनुभयो । कोभिडका कारण विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नु र त्यसको सिधा असर रेडियोको आन्तरिक स्रोतमा परिरहेको छ । यस्तो अवस्थामा संस्थागतहित कायम गर्दै पत्रकारको रोजगारीको सुरक्षालाई बडो गम्भिरतपूर्वक लिएर काम गरिरहेको संस्थाका कोषाध्यक्ष भानु रिमालले बताउनुभयो ।

    कोभिड कहरकाबीच रेडियोले वार्षिकोत्सव स्टुडियो केन्द्रीत गरेको छ । स्टुडियोबाटै शुभकामना आदानप्रदानको कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा स्थानीयले रेडियोको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.