सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बसमा यात्रारत् आमाको मृत्युपछि नाबालक छोरालाई फुल्याउन उनकै काखमा राखिदिएको एउटा भावुक तस्बिर


  •    न्युजभित्तो/५ भाद्र २०७८, शनिबार १९:३० 
  • काठमाडौँ,५ भदौं । जन्मेपछि ढिलोचाँडो कसैको ज्यान जान्छ नै। तर कसैको मृत्युले भने धेरै मानिसलाई भावकु बनाइदिन्छ।

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटालाको निधनले अहिले धेरैलाई यो दु:खद खबरले मर्माहात बनाइदिएको छ।

    सामाजिक संजालमा मृत आमाको काखमा छोरा बसेको तस्विर यतिबेला भाइरल बनेको छ । तस्विर देखपछि आखा नरसाउने त सायदै नहोलान । यो भाव विव्हल बनाउने तस्विर बिदेशको नभइ नेपालकै रहेको छ ।

    बताइए अनुसार, तस्विरमा देखिएकी महिला रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला हुन् भने बालक उनका छोरा ३२ महिनाको छोरा किरण बटला हुन्। तस्विर नेपालगञ्ज आउँदै गरेको बसको रहेका छ । मुटुको बिरामी धर्माकुमारी उपचारका लागि नेपालगञ्ज जाँदै थिइन्। उनका पति दलबहादुर बटाला नेपालगञ्जमा ठेक्कापट्टाको काम गर्छन्।

    उपचारका लागि नेपालगञ्ज जान धर्माकुमारी बेलुका साढे ५ बस चढेकी थिइन्। धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि सिंगल सिट मिलाइएको थियो। ‘सुर्खेत र बर्दियाको सिमानामा पर्ने हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा आमाको काखमा बालक रोइरहेका र धर्मा हलचल गर्न नसक्ने अवस्थामा थिइन्’ छोरा रुँदा पनि धर्म्कुमारी नउठेको बसमा यात्रा गरिरहेका अन्य यात्रुले उनलाई उठाउने प्रयास गरेपछि नउठ्दा उनको बसमै निधन भएको पुष्टि भयो ।

    आमाको निधन भएपछि बसका यात्रुहरुले छोरालाई फकाउन खोज्दा पनि रोएर नमाने पछि छोरा फकाउन केहि यात्रुले बालकलाई मृत आमाको काखमा राखिदिए। त्यहिँ रहेका केहि यात्रुले त्यस भावुक दृश्य कैद गरेर सामाजिक संजालमा पोस्ट गरेपछि उक्त तस्विर भाइरल बनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.