राष्ट्रिय

माधवमाथी ओलीको कटाक्ष: एक-दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागरजत्रो पार्टी भएको दाबी गर्नुभएको छ । उहाँले एमालेसँग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी भएको बताउनुभयो । आज राजधानीमा युथफोर्सले आयोजना गरेको कार्यक्रममा...

रुपन्देहीका उद्योगहरुमा बाढी पस्दा करोडौंको क्षति
-न्युजभित्तो

बुटवल,१२ भदौ । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीका दर्जनौं उद्योगमा क्षति पुयाएको छ । तिलोत्तमाको मणिग्रामदेखि दक्षिणतर्फ भैरहवासम्म र भैरहवा–परासी कोरिडोरका उद्योगहरुमा बाढीले बढी क्षति पुयाएको छ । तिलोत्तमास्थित पञ्चकन्या समूहका प्लास्टिक र स्टिल उद्योगमा बाढी पस्दा करिब दश करोड...

नवलपुरमा पहिरोमा हराएका तीनजनाको शव भेटियो
-न्युजभित्तो

नवलपुर,१२ भदौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ । बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी...

कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर...

अधिवेशनको माहोल बनेकाले अनशन स्थगित गराउन छलफल
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले १४औँ महाधिवेशनका लागि निर्वाचनको वातावरण बन्दै गएकाले पार्टी कार्यालयमा केही दिनदेखि जारी अनशन स्थगित गराउन छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज इतर समूहका नेता र जिल्ला सभापतिबीच...

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन क्यानको ताकेता
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन आग्रह गरेको हो । क्यानअन्तर्गत रहेका विभिन्न नागरिक उड्डयन कार्यालय...

चितवनमा डिप्लोमाको परीक्षा दिने दुई नक्कली परीक्षार्थी पक्राउ
-न्युजभित्तो

चितवन,१२ भदौं । जिल्ला प्रहरी कार्यालय चितवनले अर्काको नाममा परीक्षा दिने दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर– १० मा डिप्लोमा तहको प्रथम परीक्षा अरुको नामबाट दिने दुई नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा...

नेपालको पर्यटन प्रवद्र्धनका लागि मलेसियासँग सहकार्य
-न्युजभित्तो

काठमाडौँ, १२ भदौ । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मी र नेपालका...

एम्बुलेन्स खरिद गर्न १४ लाख सहयोग
-न्युजभित्तो

पाल्पा, १२ भदौ । अन्तराष्ट्रिय सहयोगी सस्ंथा रोटरी क्लब अफ पाल्पाले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेको छ । नेपाल परिवार नियोजन सङ्घलाई एम्बुलेन्स खरिदका निम्ति रु १४ लाख ८९ हजार ९२० को चेक हस्तान्तरण गरिएको छ । एम्बुलेन्स खरिदका...

नदी तर्दा बेपत्ता युवक अझै अज्ञात
-न्युजभित्तो

गोदावरी, १२ भदौ । कैलाली र कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८...