सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्प प्रभावित जिल्लामा इन्टरनेटः २५७ स्थानीय तहसँग सम्झौता


  •    न्युजभित्तो/१६ भाद्र २०७८, बुधबार १४:३० 
  • काठमाडौं ,१६ भदौं । भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुयाउने उद्देश्यअनुरुप नेपाल दूरसञ्चार प्राधिकरण र दुई सय ५७ वटा गाउँपालिका÷नगरपालिकासँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाइएकामा कूल ६ सय ५६ मध्ये दुई सय ५७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

    प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) का सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक मावि, सामुदायिक स्वास्थ्य संस्थाहरुमा क्षमता अभिवृद्धि र जडान गर्न सो योजना ल्याइएको हो । जसमा सम्पूर्ण आधारभूत विद्यालयसमेत गरी करिब चार हजार दुई सय ५१ स्थानमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गरी दुई वर्षसम्मका लागि महसुलबापतको रकम उपलब्ध गराउने योजना अघि सारेको थियो ।

    आधारभूत विद्यालयमा कम्तीमा २० एमबीपीएस क्षमताको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न हालसम्म कूल ७५ मध्ये ७० वटासँग सम्झौता भइसकेको प्रवक्ता पौडेलको भनाइ छ । प्राधिकरणले इन्टरनेटबारे सम्झौता गर्न बाँकी गाउँपालिका÷नगरपालिकालाई सम्झौताका लागि आग्रहसमेत गरेको छ । प्राधिकरणले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप ग्रामीण दूरसञ्चार विकास कोषको परिचालन गरी हालसम्म एक हजार ६ ९४६.१६ प्रतिशत० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न गरेको प्राधिकरणले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.