सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पक्की कुलो निर्माण भएपछि जमिन सिँचाइको पहुँचमा


  •    न्युजभित्तो/१६ भाद्र २०७८, बुधबार १४:५८ 
  • खलङ्गा, १६ भदौ । पक्की सिँचाइ कुलो निर्माण भएपछि जुम्लाको कनकसुन्दरी गाउँपालिकाका स्थानीयवासीमा खुसी छाएको छ । वडा नं ७ बैदारबाडामा निर्माण भएको पक्की कुलाले यहाँको ५० रोपनी जमिन सिँचाइको पहँुचमा पुगेको छ । पक्की कुलो पुगेपछि यहाँका किसान सहजै रुपमा सिँचाइ गरेर खेती गर्न थालेका छन् ।

    कच्ची कुलो हुँदा पटक–पटक पहिराले पुरिने र भत्किने भएकाले खेती गर्ने समयमा किसानलाई निकै सास्ती हुँदै आएको थियो । वडा नं ७ स्थित सुधारसिल कृषक समूहले एक सय २० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ ।

    यो कुलाले बैदारवाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकाले वर्षातको समयमा असाध्यै असुरक्षित हुने र पहिराको उच्च जोखिम थियो । कुलामा जाने पानीले जमिन भासिने सम्भावना तीव्र थियो । पक्की कुलो बनेपछि पहिराको जोखिम हटेको छ ।

    कुलाले गाउँमा रहेको निर्भरता कम हुने र गाउँमा पहिरो जान घट्ने तथा आफ्नै जमिनमा तरकारी र अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताउनुभयो ।

    समुदायमा बाढी पहिराको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरिएको छ । कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत सोे सिँचाइ कुलो निर्माण गरिएको हो । सिँचाइ कुलो निर्माणका लागि पेस नेपालले रु दुई लाख ५० हजार र वडा कार्यालयले रु ४० हजार लगानी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.